२१ भदौ २०८३, आइतबार | September 7, 2026

महिलाले पुरुषको कपाल काट्ने तालिम देबदहमा शुरु



बुटवल । पिस लुम्बिनी कलेज अफ टेक्निकल एजुकेसनको आयोजना र देबदह नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरूको लागि १ महिने पुरुषको कपाल काट्ने तालिम शुरु भएको छ ।

देबदह नगरपालिकाको उपमेयर सङ महिला कार्यक्रम अन्तरगत बिहिबार देखि शुरु भएको हो । तालिमको उद्घाटन नगरपालिकाका नगर प्रमुख हिरा केसिले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख केसिले महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम दिन लागेको बताउनुभयो ।

उहाले सीप लाई ब्यवहारमा लैजान र आय आर्जन गर्न सुझाब दिनुभयो । सीप लिएर घरमा बस्नलाई तालिममा नआउन आग्रह गर्दै तालिमबाट आए मुलक काममा लाग्न आग्रह गर्नुभयो ।

सिकेको सिपले सके स्वदेशमा काम गर्नुपर्ने बताउदै उहाले बैदेशिक रोजगारिमा जान समेत सहयोग पुग्ने बताउनुभयो । महिलामा भएको सिपले नगरको आर्थिक क्रान्तीमा परिवर्तन हुने बताउनुुुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्ले देशको करिब २ तिहाई महिला भएको क्षेत्र भएको बताउदै उहाले महिलाको लागि काम गर्न आवश्यक रहेको महसुस गरेर तालिम सन्चालन गर्दै आएको बताउनुभयो ।

उहाले निर्वाचनमा गरेका वाचाहरु स्वरुप यस्ता तालिम महिलाको लागि बिशेष गरि सन्चालन गरिएको बताउनुभयो । कार्यक्रममा नगरपालिका प्रवक्ता झिल्लु प्र न्यौपाने, प्रमुख प्रशासकिय अघिकृत हरिदत्त कणेल, कलेजका संचालक मोहन ठाकुर, उपमेयर सङ महिला कार्यक्रम सदस्य देबु भट्टराई, बिष्णु केसि लगायतले बोल्दै कार्यक्रमको सफलताको शुभकामना दिनुुुभएको थियो ।

तालिममा ६० जना महिलाको सहभागीता रहेको छ । तालिमको प्रशिक्षण रबि ठाकुरले गर्नुहुने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १२ : २८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त