१३ चैत्र २०७९, सोमबार | March 28, 2023

कोरोना प्रभाव : सिंगै नगर क्वारेन्टाइनमा परिणत



एजेन्सी । सात जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि इजरेल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारेन्टाईनमा राख्ने निर्णय गरेका छन । आजै रातिदेखि प्यालेस्टिनी र इजरेलीहरू आफु रहेको सहर छाड्न वा त्यहाँ आउन पाउनेछैनन ।

यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागु हुनेछ । इजरेली रक्षामन्त्रीले प्यालेस्टिनी अधिकारीहरूसँगको समन्वयमा यो निर्णयलाई कार्यान्वयन गर्न इजरेली सेनालाई आदेश दिएका छन ।

यसअघि बेथ्लिहेमस्थित एउटा गिर्जाघर बन्द गरिएको थियो । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले कोरोनाभाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि वेस्ट ब्याङ्कमा एक महिने सङ्कटकाल घोषणा गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : ५२ बजे

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’

लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

गुल्मी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा

भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था