१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त



काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले इन्जिनियर पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएको छ ।

पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका इन्जिनियर हुन् । उनले सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनका क्षेत्रमा काम गर्दै आएका छन् ।

पाण्डेले काठमाडौँ महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । महानगरपालिकामा रहँदा उनले भवन निर्माणको संरचनागत सुरक्षा, अग्ला भवनहरूको प्राविधिक मूल्याङ्कन, भवन नक्साको समीक्षा तथा नेपाल राष्ट्रिय भवन संहिताअनुसार मापदण्ड पालना गराउन काम गरेका थिए ।

त्यसअघि उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सन् २०२० देखि २०२२ सम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । त्यहाँ रहँदा उनी भवन निर्माणसम्बन्धी प्राविधिक मापदण्डको परीक्षण, इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टमको सुधार तथा स्थानीय तहका प्राविधिक कर्मचारी र परामर्शदातालाई तालिम प्रदान गर्ने काममा संलग्न थिए ।

त्यस्तै, उनले सन् २०१७ देखि २०१९ सम्म बुटवल उपमहानगरपालिकामा पनि संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । उक्त अवधिमा भवनको संरचनागत डिजाइन परीक्षण, सार्वजनिक पूर्वाधारको प्राविधिक निरीक्षण तथा भवन निर्माणसम्बन्धी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा योगदान दिएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ९ : ०८ बजे

जखेरा तालमा डुबेर बालिकाको मृत्यु

दाङ । लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने

तिहारको साइत : कात्तिक २५ गते ११ः०७ बजे भाइटीका उत्तम, २४ गते ‘म्ह’ पूजा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको

लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त

काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

काठमाडौँ । गत संस्करणको विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

प्रेस काउन्सिल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कानुन