१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन संकल्प प्रस्ताव, नेपाली भूमि जाेगाउने अडान



काठमाडौ । प्रतिनिधिसभाको बैठकमा नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन संकल्प प्रस्ताव पेश हुने भएको छ । आज (शुक्रबार) ११ वजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले पेश गर्नुहुने भएको छ ।

सम्भावित कार्यसूचीमा भनिएको छ, ‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भुभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक छ ।

उक्त प्रस्तावमा नेकपाकी सांसद रामकुमारी झांक्रीले समर्थन गर्नुहुने छ । यस्तै बैठकमा कांग्रेस सांसद गगन थापाले कोरोना संक्रमणको जोखिमबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिइएको छ । यसैगरी व्यवस्थापन कार्य तर्फ विभिन्न विधेयकहरु प्रस्तुत हुने कार्यसूची रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : ५९ बजे

अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै

काठमाडौँ । मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक

आर्थिक सर्वेक्षण २०८२/८३ : कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत

काठमाडौँ । सरकारले वार्षिक रूपमा सङ्कलन गर्ने राजस्वको ठूलो अंश

गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण, ४ जना घाइते

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खण्डको सडकमा गुडिरहेको मोटरसाइकललाई

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई

समयसीमाभित्रै महाधिवेशन हुन्छ : कांगेस महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ