१६ माघ २०७९, सोमबार | January 30, 2023

भारतले २६ प्रकारका औषधी निर्यातमा रोक लगायो, नेपालमा औषधी अभाव हुने आशंका



काठमाडौ ।  कोरोनाको त्रास बढ्दै गएपछि भारतले मंगलबारदेखि विभिन्न २६ प्रकारका औषधी निर्यातमा रोक लगायो । धेरै जसो औषधी र यसका कच्चा पदार्थका लागि भारतसंग निर्भर नेपालमा भने भारतको औषधी रोक्ने निर्णयले तरंग ल्याएको छ ।

नेपालमा औषधी अभाव हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ । तर औषधी व्यवस्था विभागले भने भारतले निर्यात रोकेका औषधीहरु नेपालमै पनि बन्ने भएकोले तुरुन्तै अभाव नहुने जनाएको छ । भारतमा समेत कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेपछि भारतले २६ प्रकारका औषधी निर्यातमा रोक लगायो । गत मंगलबार भारतको वैदेशिक व्यापार निर्देशनालयले एक सूचना जारी गर्दै औषधी निर्यातमा रोक लगाएको जनाएको थियो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित असरलाई ध्यानमा राख्दै देशका लागि पर्याप्त भण्डारण गर्न भारतको वैदेशिक व्यापार महानिर्देशनालयले ती औषधी निर्यात रोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महानिर्देशनालयले एचएस कोड च्याप्टर २९ तथा ३० मा रहेका २६ प्रकारका औषधी निर्यात ‘फ्रि’बाट ‘रेस्ट्रिक्टेड’ बनाएको हो । ती औषधीहरू पारासिटामोटल, टाइनिडाजोल, भिटामिन, प्रोजेस्टेरोन लगायतका छन् । महानिर्देशनालयले मंगलबार जारी गरेको सूचनामा अर्गानिक केमिकल तथा फर्मास्युटिकलको निर्यात रोकेको बताएको छ ।

तर, भारतले विभिन्न २६ प्रकारको औषधी निर्यात रोकेपछि त्यसको असर नेपालमा पर्ने चिन्ता बढेको छ । किनकी, नेपालमा विभिन्न प्रकारका औषधीहरु भारतबाटै आयात हुने गरेका छन् भने नेपाल आफै आत्मनिर्भर भएका भनिएका औषधीका लागि आवश्यक कच्चा पदार्थ पनि भारतबाट आउने गरेको छ । भारतले २६ प्रकारका औषधी निर्यातमा रोक लगाएपछि नेपालमा औषधी अभाव हुने त होइन भन्ने आशंका पैदा भएको हो ।

एकातिर कोरोना भाइरस प्रवेश गर्ने हो कि भन्ने चिन्ता बढिरहेको छ भने अर्कोतर्फ अत्यावश्यक औषधी समेत नपाइने हो कि भन्ने आंशका पनि जनस्तरमा बढेको छ । जडिबुटी तथा औषधीजन्य कच्चा पदार्थहरुको खानी नै भएपनि नेपालमा सबै प्रकारका औषधीहरु बन्ने गरेका छैनन् । भारत लगायतका विभिन्न देशबाट औषधी आपुर्ति गर्नुपर्ने बाध्यता नेपालसँग रहदैँ आएको छ ।

यद्यपी, औषधी व्यवस्था विभागले भारतले औषधी निर्यात रोकेपनि नेपालमा तत्कालका लागि औषधी अभाव नहुने जनाएको छ । भारतले रोकेका औषधी तथा कच्चा पदार्थ तीन महिनासम्म पुग्नेगरी बजारमा रहेकोले तत्कालका लागि कुनै अभाव सिर्जना नहुने विभागको भनाई छ ।
औषधि विक्रेताहरुले पनि हालसम्म कुनै पनि प्रकारका औषधिको अभाव नभएको बताएका छन् । बरु कोरोना भाइरसको सन्त्रास फैलिएसँगै मास्क र सेनिटाईजरको भने बजारमा अभाव देखिएको छ । विभागले मास्क र सेनिटाईजर आफु मातहतमा नभएकोले त्यसको अभावबारे बोल्न नसकिने बताएको छ । भारतले रोक लगाएका मध्ये अधिकांश औषधी नेपालमै उत्पादन हुन्छन् ।

तर, सुईमा उपलब्ध हुने पारासिटामोल भने मौज्दुत नरहेकोले त्यसको भने अभाव हुन सक्ने विभागको भनाई छ । तीन महिना पछिका लागि भने भारतबाट औषधि खोल्न पहल गर्नुपर्ने विभाग बताउँछ । तर, विभागले औषधिको अभाव नहुने भनेपनि कालोबजारी हुने सम्भावना भने उत्तिकै छ । किनभने नेपालमा भारतबाट आयात हुने जुनकुनै बस्तु आउन केही समय मात्रै रोकियो भनेपनि नेपालमा कालोबजारी हुने विगतको तथ्य छ । भोलि औषधीको हकमा पनि कालोबजारी हुने, भएको औषधी पनि लुकाइने अथवा महंगोमा बेचिन सक्छ । यसतर्फ सरकारले बेलैमा ध्यान पुराउन सके भोलीको दिनमा अभाव सिर्जना हुदैँन । औषधि व्यवस्था विभागका बरिष्ठ औषधि व्यवस्थापक सन्तोष के.सी. कालोबजारीको परिस्थिति भए तुरुन्तै एक्सनमा उत्रिने बताउनुहुन्छ ।

त्यसो त, नेपालमा कोरोना भाइरस देखिएको छैन तर हो–हल्ला व्याप्त छ । त्यसैगरी औषधि अभाव भएको छैन तर औषधि अभाव हुने हो कि भन्ने आशंका र तरंगले घर गरेको हो । बरिष्ठ औषधी व्यवस्थापक के.सी. आवश्यक मात्रै औषधी किन्न र अनावश्यक औषधी किनेर जम्मा नगर्न सुझाव दिनुहुन्छ ।

अत्यावश्यक औषधिको भोलि आयात बन्द भयो भने स्थिति नियन्त्रणमा लिन नसकिने पनि हुनसक्छ । यसर्थ सरकारले भोलिको असहजतालाई अहिले नै अध्ययन गर्दै आवश्यक औषधीहरुको व्यवस्था गर्न सजग हुनुपर्छ । र, कुटनीतिक पहल गर्दै भारतले बन्द गरेको औषधीहरु खुलाउन पनि ध्यान पुराउनुपर्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ३७ बजे

राष्ट्रिय बीमा संस्थान र बीमा कम्पनीको लेखा परीक्षण तीन महिनाभित्र सम्पन्न गर्न अर्थमन्त्रालयको निर्देशन

काठमाडौं । अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय

माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आगामी बुधबार बस्ने स्थायी समिति

मध्य जाडोमा पनि भएन न्यानो कपडाको व्यापार

काठमाडौं । यस पटकको जाडो सकिन लाग्यो, आधा माघ कटिसक्यो

अश्लील भिडियो बनाई महिलाको चरित्रहत्या गर्ने एकजना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा

नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना ‘महापुरुष’ समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति

काठमाडौं । निर्माण कम्पनी षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना दुबईमा हुन