७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुघाखोकी लागेका व्यक्तिले अनिवार्य मास्क लगाउनुपर्ने तर स्वस्थ व्यक्तिले नलगाए पनि हुने



काठमाडौ । रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले मास्क लगाउँदा अरुलाई सङ्क्रमण फैलने जोखिम कम हुने भएकाले मास्क अभाव भयो भनेर नआत्तिन सरकारले आग्रह गरेको छ ।

विश्वका ८९ देशमा कोभिड–नाइन्टिन अर्थात् कोरोना भारइस फैलिएसँगै स्वस्थ व्यक्तिले पनि मास्कको खोजी गर्ने र जगेडा राख्ने गर्दा अभाव भएको छ । तर स्वस्थ व्यक्तिले नलगाए पनि फरक नपर्ने भएकाले नआत्तिन डाक्टरले सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले रुघाखोकी लागेका व्यक्तिले मास्क लगाउँदा अरु व्यक्तिमा सर्ने जोखिम कम हुने बताउनुभयो ।

सङ्क्रमित व्यक्तिले मास्क लगाएर बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्‍यालको छिटा स्वस्थ व्यक्तिमा पर्दैन । यसले स्वस्थ व्यक्तिलाई सङ्क्रमित हुनबाट जोगाउँछ ।

तर सङ्क्रमित व्यक्तिले मास्क नलाएर, मास्क लगाएको स्वस्थ व्यक्तिको नजिकै गएर बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्‍यालको छिटा परे सङ्क्रमण सर्ने जोखिम हुन्छ । रुघाखोकी लागेका व्यक्तिले अनिवार्य मास्क लगाउनुपर्ने तर स्वस्थ व्यक्तिले नलगाए पनि हुने उहाँले बताउनुभयो ।

यस्तै निरन्तर बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले पनि नियमित मास्क लगाउनुपर्छ । यसो गर्दा सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहे पनि सर्ने जोखिम कम हुन्छ । स्वस्थ व्यक्तिले मास्क लगाउनेभन्दा पनि वरपर छोइसकेपछि साबुन पानीले हात धुने गर्दा पनि जोगिन सकिने डाक्टर बाँस्तोलाको भनाइ छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ४० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११