२१ भदौ २०८३, आइतबार | September 7, 2026

“मास्कलाई बढी मुल्यमा बिक्रि वितरण गर्नेलाई उद्योग बाणिज्य संघले संरक्षण गर्दैन”



बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना भाईरस संक्रमणको जोखिमबाट बँच्नका लागि सेचत हुन आम नागरिकलाई आह्वान गरेको छ । संघले शुक्रबार एक बिज्ञप्ती जारी गरेर विश्वव्यापी रुपमा बढ्दै गएको कोरोनाको संक्रमण हुन नदिन सरकारका तर्फबाट पनि सजगता अपनाउन आग्रह गरेको हो ।

संघका अध्यक्ष खिमबहादुर हमालद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोरोना भाईरसको जोखिम कम गर्नकालागि सरकारलाई हरउपाय अपनाउन आग्रह गरिएको छ भने आम नागरिकलाई पनि सजग हुन अपिल गरिएको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नकालागि अति आवश्यक काम बाहेक, भिडभाडमा नजान, हात मिलाउनको साटो नमस्कार गर्न र आउँदै गरेको होली पर्वमा रंग नखेल्न समेत विज्ञप्ती मार्फत संघले आग्रह गरेको हो ।

कोरोना भाईरसको संक्रमणको प्रभाव बढ्दैजाँदा नेपालमा मास्कको पनि प्रयोग बढेको उल्लेख गर्दै यसको फाईदा नउठाउन समेत व्यापारीलाई आग्रह गरिएको छ । कोरोना भाईरस संक्रमण जोखिमको फाईदा उठाएर अहिले अत्यधिक प्रयोग भएको मास्कलाई लुकाउने तथा बढी मुल्यमा बिक्रि वितरण भएको भन्ने समाचार आएकाले सम्बन्धि व्यापारीलाई बढी मुल्यमा बिक्रि वितरण नगर्न तथा नगराउने आग्रह गरिएको छ ।

विज्ञप्ती मार्फत सम्बन्धित सरकारी निकायबाट अनुगमन गर्न र त्यस्तो भएको भए त्यस्ता व्यापारीलाई तत्काल कारवाही गर्न आग्रह गर्दै मास्क लुकाउने तथा बढी मुल्यमा बिक्रि वितरण गर्ने व्यबसायीलाई संघले कुनै प्रकारको संरक्षण नगर्ने समेत ध्यानाकर्षण गराईएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : २१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त