१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

टिभिएसका अटो मेकानिक्सलाई दक्षता विकास तालिम



तिलोत्तमा । जगदम्बा मोटर्स (टीभीएस) को आधिकारिक बिक्रेता सनराईजिङ बिजनेश प्रालि मणिग्रामले अटो मेकानिक्सहरुको दक्षता विकास गर्नका निम्ति तालिम दिएको छ ।

नयाँ प्रविधियुक्त टीभीएस ब्रान्डका सवारीसाधनहरुको मर्मत गर्नका लागि मेकानिक्सहरुको दक्षता वृद्धि गर्न आवश्यक रहेको भन्दै ५० अटो मेकानिक्सहरुलाई तालिम दिइएको हो ।

तालिमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष चेतनारायण भण्डारीले अटो मेकानिक्सहरु दक्ष भएमात्रै सवारी साधनको आयू लम्बिने भएकाले तालिमबाट लाभ लिन आग्रह गर्नुभयो । उहाले अब यस्ताखाले तालिम नगरपालिकाले पनि सञ्चालन गर्दै जाने बताउनुभयो ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जनक अधिकारीले दक्षता वृद्धिसम्बन्धी प्रशिक्षण लिएपछि नयाँ प्रविधिका सवारीसाधनहरु मर्मत गर्न नजानेर पेसाबाटै पलायन हुनुपर्ने अवस्था नरहने बताउनुभयो । अटो मेकानिक्सहरुलाई नयाँ प्रविधिबारे सिकाउनु जरुरी भइसकेको भन्दै उहाले मेकानिक्सहरुलाई स्थानीय सरकारले प्राविधिक शिक्षासँग जोड्नुपर्ने माग गर्नुभयो ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका प्रदेश ५ सचिव लक्ष्मण भण्डारीले सवारी दुर्घटना हुनुको एउटा कारण सवारीसाधनको समयमा मर्मत नहुनु पनि रहेको बताउँदै सवारी दुर्घटना न्यूनीकरणका लागि अटो मेकानिक्सहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

जगदम्बा मोटर्सका क्षेत्रीय प्रवन्धक सन्तोष पारिकले सेवाग्राहीलाई सन्तुष्ट बनाएर पठाउनका लागि प्रशिक्षण कार्यक्रम लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो । नयाँ प्रविधिको विकाससँगै अटो मेकानिक्सहरुले पनि आफ्नो दक्षता विकास गर्न आवश्यक रहेको उहाले बताउनुभयो ।

कार्यक्रममा सर्भिस रिजनल म्यानेजर चिरन्जीवी चौधरी, सनराइजिङ बिजनेश प्रालिका प्रवन्ध निर्देशक केशव पाठकले तालिममा सिकेको सिप हासिल गरेर आफ्नो काममा लगाउन आग्रह गर्दै दक्षता हासिल गर्न यस्ता तालिम उपयोगी हुने बताउनुभएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ५ : २८ बजे

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकियो : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौं । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै

अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै

काठमाडौँ । मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक