७ चैत्र २०८२, शनिबार | March 21, 2026

कांग्रेस नेता पोखरेलद्वारा आश्रममा भोजन दान



बुटवल । नेपाली कांग्रेसका युवा नेता विष्णु पोखरेलले बेसहारा र परिवारबाट परित्यक्त व्यक्तिलाई भोजन दान गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ ।

नेपाली कांग्रेस रुपन्देहीका जिल्ला कार्यसमिति सदस्य पोखरेलले बुटवलस्थित मानव सेवा आश्रममा आश्रित एक सय ३० जना व्यक्तिलाई भोजन दान गर्नुभएको हो । पश्चिमा विदेशी संस्कृति अनुशरण गरेर केक काट्ने र भड्किलो तरिकाले जन्मदिन मनाउने परिपाटीलाई रोकेर मानवीय तथा सामाजिक सेवा गरेर जन्मदिन मनाउने संस्कृतिको विकास गर्ने उद्देश्यले मानव सेवा आश्रममा आश्रितलाई भोजन दान गरेको नेता पोखरेलले बताउनुभयो ।

सो अवसरमा पुर्वमन्त्री एवं कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले नेपाली कांग्रेसका नेता कार्यकर्ताले विदेशी संस्कृतिको नक्कल गर्नुभन्दा युवा नेता पोखरेलले जस्तै मानवीय सेवा गरेर जन्मदिन मनाउने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । कम्युनिष्टहरुले राष्ट्रवादी भन्दै विदेशी संस्कृतिको नक्कल गरेर नेपालको मौलिक संस्कृति तथा परम्परामा प्रहार गरिरहेको भन्दै नेता रज्जाकले कांग्रेसका नेता, कार्यकर्ताले त्यस्तो नगरी सामाजिक र मानवीय सेवाका काम गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका उपसभापति फणिन्द्र शर्मा, सचिव रामकृष्ण खांण, क्षेत्रीय सभापति हरि लम्साल, नेवि संघका केन्द्रीय उपाध्यक्ष मुक्ति राज पौडेल लगायत नेता कार्यकर्ताले युवा नेता पोखरेलबाट सबैले सिक्नुपर्ने धारणा राख्नुभएको थियो ।

त्यस अवसरमा मानव सेवा आश्रमका लोकनाथ भुसाल र सरु अधिकारीले नेता पोखरेल जस्तै मनकारी व्यक्तिको सहयोगबाट आश्रममा आश्रित एक सय ३० जनाको भरणपोषण भइरहेको जानकारी गराउनुभयो । पछिल्लो समय आश्रममा आश्रित व्यक्तिलाई भोजन दान गरेर जन्मदिन मनाउने परिपाटीको विकास हुंदै गएको उहाहरुले बताउनुभयो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ५ : ३१ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको