१६ असार २०८३, मंगलबार | June 30, 2026

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते



बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।

नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गए राति २ः०० बजे राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झ्याउलेक मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर घाइते हुनेमा चालक पाटन नगरपालिका–८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५ वर्षीया निर्मला विष्ट, निर्मलाका सात वर्षीय छोरा अभिषेक र चार वर्षीय छोरा प्रयान्स रहेका बैतडीका प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए। घाइते चारै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

दुर्घटनाग्रस्त ट्रक सडकबाट २५ मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ९ : ४१ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी