३ पुस २०८२, बिहिबार | December 19, 2025

मानव सेवा आश्रमको महायज्ञबाट ३ करोड ३१ लाख बचत



बुटवल । मानव सेवा आश्रमको प्रदेश ५ शाखाले बुटवलमा सञ्चालन गरेको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञबाट ३ करोड ३१ लाख रुपैया बचत भएको छ ।

दुईसय जना सडक मानवलाई व्यवस्थापनका लागि चारतले भवन बनाउन रकम संकलन गर्ने उद्देश्यले माघ २० गतेदेखि २७ गतेसम्म महायज्ञ सञ्चालन भएको थियो । महायज्ञमा एक करोड ५३ लाख ६३ हजार नगद संकलन र २ करोड १६ लाख ७६ हजार रुपैया बराबर रकम दान दिने प्रतिवद्धता आएको महायज्ञ आयोजक मूल समिति संयोजक लोकनाथ भुसालले जानकारी गराउनुभयो ।

उठ्न बांकी रकम सहित कूल ३ करोड ७० लाख संकलन भएको महायज्ञ सम्पन्न गर्न ३८ लाख ८३ हजार खर्च भएको संयोजक भुसालले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । आश्रमको चारतले भवन बनाउन ११ करोड वजेट लाग्ने भएकाले सोही अनुसार लक्ष्य निर्धारण गरेपनि दानका लागि कसैलाई करकाप र दवाव नदिएकाले लक्ष्य भन्दा थोरै संकलन भएको भुसालले स्पष्ट पार्नुभयो ।

महायज्ञ सम्पन्न गर्न जग्गाधनी मृगेन्द्र कुमार शेरचनले महायज्ञ स्थल निःशुल्क उपलब्ध गराउनुभएको र लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघले महायज्ञ अवधिभर आवश्यक फलफूल र तरकारी उपलब्ध गराएको संयोजक भुसालले जानकारी गराउनुभयो ।

यस्तै बुटवल उपमहानगरपालिका लगायत विभिन्न स्थानीय तह, प्रदेश ५ सरकार र विभिन्न संघसंस्थाको सहयोगले महायज्ञ सफल भएको भन्दै संयोजक भुसालले महायज्ञ सम्पन्न गर्न योगदान गरेका सबैलाई कोरोना भाइरसको त्रासको अन्त्य भएपछि एक विशेष समारोह आयोजना गरी सम्मान गरिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले आश्रमको भवन निर्माण र आश्रममा आश्रित बेसहारा व्यक्तिको व्यवस्थापनमा प्रदेश सरकारले आवश्यक वजेट र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रदेश सरकारले आश्रमको भवन बनाउन यो वर्ष २५ लाख रुपैया वजेट छुट्टाएको र वहुवर्षिय योजना अन्तर्गत हरेक वर्ष आवश्यक वजेट छुट्टाइने मन्त्री बरालले बताउनुभयो ।

 

सामाजिक विकास मन्त्रालयले आश्रममा रहेका व्यक्तिको स्वास्थ्य चेकजांचका लागि ४ जना स्वास्थ्यकर्मी नियमितरुपमा खटाएको समेत मन्त्री बरालले बताउनुभयो । सो अवसरमा आश्रमकी प्रदेश ५ संयोजक एवं केन्द्रीय महासचिव शुशिला केसीले आश्रमले बुटवलमा एक सय ३० जनासहित सातवटै प्रदेशका १४ जिल्लका १९ वटा सेवा केन्द्रमा गरी एक हजार ५० जना बेसहारा आश्रममा आश्रित रहेको जानकारी गराउनुभयो ।

आश्रमले हालसम्म ३ हजार २ सय ४८ जनाको उद्धार, १६ सय ६८ जनाको पारिवारिक पुनर्मिलन, ५० जनाको वैदेशिक पुनर्मिलन, २५ जनाको अन्य संस्थामा स्थानान्तरण र ९ सय ९५ जनालाई अल्पकालीन सेवा दिएको जानकारी गराउनुभयो । आश्रममा आश्रय लिएका मध्ये हालसम्म ४ सय ४५ जनाको मृत्यु भएको उहाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा महायज्ञका महासचिव माधव नेपाल र आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मन्तव्य राख्दै मानविय सेवाका लागि आयोजित महायज्ञमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ५ : ३३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको