७ चैत्र २०८२, शनिबार | March 21, 2026

खाद्य मेलामा प्राङ्गारिक वस्तु प्रति आकर्षण



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको खाद्य मेलामा परम्परागत र पोषिला खाद्य वस्तु प्रति उपभोक्ताको आकर्षण बढेको छ ।

“परम्परागत पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल खानाका लागि खाने बानी सुधार गरौँ” भन्ने नाराका साथ परम्परागत र संस्कृतिअनुसार जोडिएका पोषणयुक्त खाद्य वस्तुको प्रचारप्रसार र उपभोगका बारेमा जानकारी दिने उद्देश्यका साथ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा भएको खाद्य मेला आइतबारसम्म चल्नेछ । मेलामा विभिन्न जातजातिका परम्परागत परिकार तथा विभिन्न उद्योगबाट उत्पादित खाद्य वस्तु बिक्री वितरणका लागि राखिएको छ ।

मेला अवलोकनमा आएका मध्ये अधिकांशले प्राङ्गारिक कोदो र फापरको पीठो, मकै, मकैको आँटो, स्याउको सुकुटी, च्याउको परिकार, मौरीको मह, गुन्द्रुक, सिस्नोको धुलो, अचार आदिमा रुचि देखाएका छन् ।

मेलामाथारु र मगर समुदायको संस्कारसँग जोडिएका खाद्य परिकार ढिक्री, घोँगी, खरिया, सेलरोटी, बटुक, च्याउ, केराको परिकार लगायत खानेकुराका साथै समुदायको संस्कृति झल्कने परिकार राखिएका छन् ।

उपभोक्तालाई पोषणयुक्त खाद्य वस्तुको प्रयोगका बारेमा जनचेतना फैलाउन मेला आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीषक श्रवण कुमार ढुंगानाले बताउनुभयो । स्थानीय स्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थको उत्पादन विविधीकरण तथा पौष्टिक महत्वका बारेमा सर्वसाधारणलाई जानकारी गराउन मेला उपयोगी उहाले जानकारी दिनुभयो ।

खाद्य मेलामा शनिबार चर्चित लोक तथा दोहोरी गायकबद्रि पंगेनीले गीत मार्फत दर्शकहरुलाई मनोरन्जन दिलाउनुभएको थियो । मेलामा कलाकारहरु पुरुषोत्तम भण्डारी, उज्ज्वल गिरी, मन्जु भट्टराई लगायतको पनि प्रस्तुती रहेको आयोजकले जनाएका छ ।

खाद्य सम्बन्धी विभिन्न प्रकृतिका ६० वटा स्टल रहेको मेलामा दोस्रो दिन शनिबार दर्शक उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको खाद्य निरीक्षक ढुंगानाले बताउनुभयो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ५ : ५१ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको