४ पुस २०८२, शुक्रबार | December 19, 2025

चीनकाे क्वारेन्टाइन भवन भत्कियो, फसेका ७० मध्ये ४७ को उद्धार



काठमाडौ । चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किएको छ । क्वारेन्टाइनका रूपमा विकास गरिएको होटल भत्किँदा झण्डै २२ मानिस त्यहाँ फसेका छन् ।

चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल भत्किएको हो ।चीनको सरकारी माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, भत्किएको होटलमा ७० जना फसेका थिए । तीमध्ये ४७ को उद्धार गरिएको छ । फसेका अन्य व्यक्तिको उद्धार प्रयास भइरहेको जनाइएको छ ।फुजियानको दक्षिणी प्रान्तमा अवस्थित क्वारेन्टाइन स्थल भत्किएसँगै उद्धारकर्ताहरूले फसेकाहरूको उद्धार कार्य भइरहेको सार्वजनिक भिडियोहरूमा देख्न सकिन्छ ।सुविधासम्पन्न पाँचतले होटल भत्कनुको कारण अहिलेसम्म खुलेको छैन । हेबेई प्रान्तको वुहान उद्गम भएर फैलिएको कोरोना भाइरसबाट चीन सबैभन्दा प्रभावित छ । आइतबार बिहानसम्ममा यहाँका ३ हजार ७० मानिसको कोरोनाका कारण ज्यान गएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार संक्रमितको संख्या विश्वभर १ लाख नाघ्दा चीनमा मात्रै ८० हजार ६ सय ५१ जना मानिसमा यसको लक्षण देखापरेको छ । यद्यपि, संक्रमण दर र संक्रमितले स्वास्थ्यलाभ गर्ने दर भने पछिल्ला केही दिनयता बढेको चीनको दाबी छ । ५६ हजार ९ सय ३ जना संक्रमित भने स्वास्थ्य लाभ गरेर घर फर्केका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ९ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको