१ कार्तिक २०८३, शनिबार | October 17, 2026

होलीमा प्रयोग गरिने रंग कति सुरक्षित ? रंगको नाममा विषको प्रयोग पो भैरहेको छ कि ?



काठमाडौ । फागु अर्थात होली पर्वलाई मित्रता, एकता र भाईचाराको पर्व पनि भनिन्छ । यो अवसरमा सबैको जीवन रंगीन बनोस भन्ने कामना पनि गरिन्छ । तर होलीमा गरिने कामना विपरित यहि रंगले हाम्रो जीवनलाई अँध्यारोमा धकेलिदियो भने के हुन्छ ? कहिल्यै बिचार गर्नुभएको छ ? होलीमा विभिन्न रंगहरु प्रयोग गरिन्छ ।

आजकल बजाारमा पाईने प्राय सबै रंगहरु घातक रशायनयुक्त हुन्छन । जसको नकारात्मक प्रभाव शरीरमा हुने गर्छ । चिकित्सकहरुका अनुसार होलीमा प्रयोग गरिने रातो रंगमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रासायनिक तत्व हुन्छन् ।

यी रासायनिक तत्वहरूले छाला, आँखा, कानलगायत शरीरका विभिन्न अंगमा नकारात्मक असर पुर्‍याउँछ । सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुन सक्ने सम्भावना बढ्छ । उक्त वस्तुहरू कुनै कारणवश खाने नलीमा प्रवेश गरे चक्कर आउने, वान्ता आउने, पेट दुख्ने हुन सक्छ । प्रायःजसो सबै रंगमा हुने रसायनले शरीरको नरम छालामा एलर्जी गराउने गर्छ । यसबाट छाला रातो हुने, चिलाउने, रातो डाम बस्ने हुन सक्छ । आँखामा पसे चिलाउने, रातो हुने, पानी बग्ने, हुन सक्छ । त्यस्तै कानमा पसे चिलाउने र पछि गएर कान पाक्नेसम्म हुन सक्छ ।

होलीका नाममा प्रयोग गरिने सिल्भर पेन्टमा हुने एल्मुनियम ब्रोमाइडले एलर्जीका साथै क्यान्सर हुने सम्भावना बढाउँछ । त्यस्तै, होलीमा गलत नियतका साथ प्रयोग गरिने कालो मोसो, मोबिल, फोहोर पानी विकृति मात्र होइन, यसले शरीरमा गम्भीर नकारात्मक असर पार्न सक्छ । साथै छिट्टै एलर्जी हुन सक्छ । चिकित्सकहरुका अनुसाार होलीको रंगको असर कम पार्न शरीरमा आफूलाई उपयुक्त तेल लगाएर खेल्नुपर्छ । कानमा कपास राख्नुपर्छ । आँखा, कान तथा मुखमा रंग लगाउनु हुँदैन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : ५४ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ