७ कार्तिक २०८३, शनिबार | October 24, 2026

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान सुरु गर्दैछ । पार्टी कार्यालय पेरिसडाँडाबाट दिउँसो साढे २ बजे अभियानको सुरुवात हुने कार्यक्रम रहेको छ । पेरिसडाँडामा अभियानको उद्घाटन र पत्रकार सम्मेलन आयोजना गर्न लागिएको नेकपाले जनाएको छ ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको उपस्थितिमा अभियान सुरु हुन लागेको नेकपाले जनाएको छ ।

अभियानमार्फत पार्टी संगठनको पुनर्निर्माण, जनतासँगको सम्बन्ध विस्तार तथा सरकारले गरेका गलत कामको भण्डाफोर गर्ने पार्टीको योजना छ । आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्न लागिएको हो ।

नेकपाका अनुसार अभियानका क्रममा पार्टी समिति तथा जनवर्गीय र मोर्चा संगठनहरूको समायोजनका बाँकी काम सम्पन्न गरिनेछ । त्यसैगरी संगठित सदस्यता नवीकरण तथा विस्तारलाई तीव्रता दिइनेछ भने पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछन् ।

जनता र पार्टीबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले जनकेन्द्रित कार्यक्रम, सांस्कृतिक तथा रचनात्मक गतिविधि र श्रम तथा जनसेवाका कार्यक्रमसमेत सञ्चालन गरिने पार्टीले जनाएको छ । जनताका माग तथा दैनिक जनजीविकासँग सम्बन्धित समस्या सङ्कलन गरी सम्बन्धित निकायमा प्रस्तुत गर्ने र तिनको कार्यान्वयनका लागि पहल गर्ने योजना पनि अभियानमा समेटिएको छ ।

अभियानका क्रममा विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याइने नेकपाले जनाएको छ । राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका सवालमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

त्यस्तै महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताले भोगिरहेका अन्य समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइने पार्टीको कार्यक्रम छ । यी विषयमा केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेस गरिने नेकपाले जनाएको छ ।

पार्टीका अनुसार अभियानका कार्यक्रम स्थानीय वस्तुस्थिति, जनताको आवश्यकता र सम्बन्धित तहको निर्णयअनुसार लचिलो ढंगले सञ्चालन गरिनेछन् । दुईमहिने अभियानमार्फत संगठनात्मक एकीकरणलाई पूर्णता दिने, जनताका समस्या सम्बोधनका लागि पहल गर्ने र स्थानीय तह निर्वाचनका लागि पार्टीको गतिविधि विस्तार गर्ने नेकपाको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  ९ : ०७ बजे

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना