११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

हरेक सय वर्षमा संसारभर ठूलो महामारी : यस्तो छ तथ्य



एजेन्सी । संयोग भनौं या अन्य केही, हरेक एक सय बर्षको अन्तरमा पुरै संसारमा एक ठूलो महामारीको आक्रमण हुन्छ ।

सन् २०१९ को अन्तिममा चीनको वुहानबाट अहिले कोरोना भाइरसको संक्रमण संसारभर फैलिएको छ । यो महामारीले झण्डै ४ हजार जनाको मृत्यु भैसकेको छ । १ लाख भन्दा धेरै प्रभावित भएका छन् ।

हरेक सय बर्षमा मानिसले महामारीको नयाँ औषधि खोज्नु पर्छ । यस्तै पछिल्लो ४ सय बर्षदेखि यस्तो खाले महामारी हुँदै आएको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

सन् १७२० मा पुरै दुनियामा प्लेग फैलिएको थियो । फ्रान्सको एक शहर मार्सिलेमा कलाकार मिशेल सेरेले प्लेगले कति मान्छे मरेको थियो भन्ने फोटोमा देखाएका छन् ।

मार्सिलेमा फैलिएको प्लेगले १ लाख मानिसको मृत्यु भएको थियो । प्लेग फैलिएको एक महिनामा ५० हजार मानिसको मृत्यु भएको थियो । बाँकी ५० हजार त्यसको दुई बर्ष भित्र मरेका थिए ।

प्लेग फैलिएको सय बर्ष पछि अर्थात सन् १८२० मा एसियाली देशमा कोलेराले महामारीको रुप लियो । जापान, मध्यपूर्वका विभिन्न देश, नेपाल, भारत, थाइल्याण्ड, फिलिपिन्स, ओमान, चीन, मौरिसस, सिरियालगायतका देशमा यसले धेरै ठूलो क्षती गर्यो ।

कोलेराले इण्डोनेसियामामात्रै एक लाख मानिसको मृत्यु भएको थियो । थाइल्याण्ड र फिलिपिन्स पनि धेरै मानिसले ज्यान गुमाएका थिए ।

कोलेराको महामारी फैलिएको सय बर्षपछि सन् १९२० मा स्पेनिश फ्लू फैलिएको थियो । यो सन् १९१८ मा नै सुरुभए पनि सन् १९२० मा मुख्य असर देखिएको थियो ।

फ्लूको कारण १ करोड ७० लाख देखी ५ करोड को बिचमा मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

सन् २०२० मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै ४ हजार जनाले ज्यान गुमाइसकेका छन् । १ लाख १० हजार जनामा संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित हुने देश चीन र इटली हुन् । चीनमा झण्डै ३ हजार २ सय र इटलीमा कोरोना भाइरसको कारण ३६६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : ४९ बजे

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक, पार्टी पुनर्गठनका लागि कार्यदल गठन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता