२२ भदौ २०८३, सोमबार | September 7, 2026

लेबनानमा एक नेपाली शान्ति सेनाको मृत्यु



काठमाडौं । संयुक्त राष्ट्र संघ अन्तर्गत दक्षिणी लेबनानस्थित यूनिफिलमा खटिएका एक जना नेपाली शान्ति सेनाको सडक दुर्घटनामा मृत्यु भएको छ ।

लेबनानस्थित युनिफिलले विज्ञप्ति जारी गर्दै मंगलबार एक दुर्घटनामा परी ती शान्ति सैनिकको मृत्यु भएको उल्लेख गरेको छ । लेबनानस्थित नेपाली ब्याटको युएनपी ८–३४ पोस्टमा खटिएका सैनिक जवानलाई शान्ति सेनाकै ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो ।

शान्ति सेनामा खटिएका नेपाली सेनाका अमलदार नरबहादुर मगरको मृत्यु भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेब पाण्डेले बताए । धादिङ मूलपानीका उनी शिवदल गण अन्तर्गत खटिएका थिए । नेपाली सेनाको मेस ए जेवेलस्थित नेपाली ब्याटमा उनी ४ महिनादेखि कार्यरत थिए ।

प्रवक्ता पाण्डेका अनुसार शान्ति सेनामा सह चालकका रुपमा खटिएका उनलाई ट्रकको पछाडीको भागले ठक्कर दिएको थियो । घाईते भएका उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मंगलबार मृतक घोषणा गरेको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : २२ बजे

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा