२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

लेबनानमा एक नेपाली शान्ति सेनाको मृत्यु



काठमाडौं । संयुक्त राष्ट्र संघ अन्तर्गत दक्षिणी लेबनानस्थित यूनिफिलमा खटिएका एक जना नेपाली शान्ति सेनाको सडक दुर्घटनामा मृत्यु भएको छ ।

लेबनानस्थित युनिफिलले विज्ञप्ति जारी गर्दै मंगलबार एक दुर्घटनामा परी ती शान्ति सैनिकको मृत्यु भएको उल्लेख गरेको छ । लेबनानस्थित नेपाली ब्याटको युएनपी ८–३४ पोस्टमा खटिएका सैनिक जवानलाई शान्ति सेनाकै ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो ।

शान्ति सेनामा खटिएका नेपाली सेनाका अमलदार नरबहादुर मगरको मृत्यु भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेब पाण्डेले बताए । धादिङ मूलपानीका उनी शिवदल गण अन्तर्गत खटिएका थिए । नेपाली सेनाको मेस ए जेवेलस्थित नेपाली ब्याटमा उनी ४ महिनादेखि कार्यरत थिए ।

प्रवक्ता पाण्डेका अनुसार शान्ति सेनामा सह चालकका रुपमा खटिएका उनलाई ट्रकको पछाडीको भागले ठक्कर दिएको थियो । घाईते भएका उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मंगलबार मृतक घोषणा गरेको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : २२ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद