१३ चैत्र २०७९, सोमबार | March 28, 2023

पर्यटक भिसा नदिने निर्णय, भारततर्फ नाका सीमित गरिने



काठमाडौ । सरकारले तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ । यद्यपि पर्यटन भिसा कहिलेबाट कहिलेसम्मका लागि रोक्ने भन्ने तय भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले गर्नेछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९) लाई महामारीको घोषणा गरेपछि बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । बैठकमा तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण विश्वभर फैलिँदै गएपछि सरकारले सुरुमा पाँच देश र पछि थप तीन देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमण नभएको प्रमाणपत्र पेश गरेपछि मात्र सम्बन्धित देशको दूताबासमार्फत भिसा लिनुपर्ने र नेपालमा आफैं क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो ।

तर बुधबार मात्र डब्लूएचओले कोरोना भाइरसले महामारीको रुप लिएको घोषणा गर्‍यो । लगतै अमेरिकाले बेलायत बाहेक युरोपेली देशबाट यात्रा रोक लगाएको छ भने भारतले पनि १५ अप्रिलसम्म पर्यटन भिसा नदिने निर्णय गर्‍यो ।

सीमा नाका सिमित बनाइने

भारततर्फ आवत जावतका लागि नाका सिमित गर्ने र चेकजाँच कडा बनाउने निर्णय गरेको छ । यसका लागि गृहका साथै परराष्ट्र मन्त्रालयले भारत सरकारसँग समन्वय गर्नेछ ।

बैठकले संक्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाइने अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । ‘सम्भव भएसम्म घनाबस्ती भन्दा पर व्यवस्था गर्ने गरी काम गर्ने भनेका छौं’ उहाले भन्नुभयो, ‘आवश्यक परे सैनिक सुरक्षाकर्मीले थप व्यवस्था गर्ने र तत्काल संरचना बनाउन सक्ने गरी जान्छौं ।

स्वास्थ्य जनशक्तिका लागि मेडिकल कलेजका साथै रेडत्रस, स्टाकाउट लगायतका संघ संस्थाबाट पनि स्वयमसेवक खटाउन सक्ने गरी तयारी गर्ने निर्णय भएको छ । ‘अहिले नै टेकअफको स्टेजमा होइन, तर पूर्वतयारी हो’ उहाले भन्नुभयो ।

उच्चस्तरीय समन्वय समितिको बैठकले यो सिजनको हिमाल आरोहण पनि स्थगित निर्णय भएको छ ।

तर विद्यालय तथा कलेजहरु भने बन्द नगर्ने निर्णय भएको छ । संक्रमण देखिहालेमा यसबारे तत्काल नै निर्णय गरिनेछ । समितिले राजनीतिक भेलाका साथै विवाह भोजभत्तेर कम गर्न समेत सार्वजनिक रुपमा आह्वान गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : ३० बजे

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’

लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

गुल्मी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा

भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था