९ चैत्र २०७९, बिहिबार | March 23, 2023

बुद्ध जन्मस्थलमा शान्ती प्रार्थना



रुपन्देही । कोरोना भाइरसको संक्रमण निमूर्ल होस् भन्ने कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ती प्रार्थना गरिएको छ ।

लुम्बिनी पर्यटन व्यवसायी संघको आयोजनामा कोरोना भाइरस संक्रमणका कारण विभिन्न देशमा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अपर्ण तथा संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिहिबार साँझ मायादेबी मन्दिर परिसरमा प्रार्थना गरिएको हो ।

विभिन्न देशका भिक्षु भिक्षुणी, लामा, उपासक उपासिकाहरु र पर्यटन व्यसायीहरुको सहभागितामा परित्राण पाठ, शान्ती प्रार्थना र दीप प्रज्वलन गरिएको लुम्बिनी पर्यटन व्यवसायी संघका सचिव पिन्टु कशौधनले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारण पर्यटन व्यवसायमा समेत नराम्रो असर परेकाले विश्वबाटै कोरोनाको संक्रमण निर्मुल होस् भन्ने कामना गर्दै प्रार्थना गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १ : २१ बजे

आजको मौसम : कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव

सत्तारुढ गठबन्धनको बैठक :’अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने निर्णय भएको छैन’

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा

पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दज्र्यानी

थ्री नेशन कप : लाओसमाथि नेपालको जित

काठमाडौं । प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगितामा आयोजक नेपालले