७ कार्तिक २०८३, शनिबार | October 24, 2026

त्रिवि शिक्षण अस्पतालबाट प्रधानमन्त्री ओलीको डिस्चार्ज



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री ओली शुक्रबार बेलुकी महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल अस्पताल पुग्नुभएको थियो ।

डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले केही प्रतिक्रिया दिनुभएन । प्रधानमन्त्री अ‍ोलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

शुक्रबार अपराह्न गरिएको नियमित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : १९ बजे

दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको