१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

कोरोना भाइरसले मन्त्रीदेखि सेनाप्रमुखसम्मलाई छाडेन



एजेन्सी । लण्डनबाट हालसालै स्वदेश फर्केकी क्यानाडेली राष्ट्रपति जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोइरलाई बुधबार ज्वरो आयो । परीक्षण गर्दा उनलाई पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भइसकेको रहेछ । पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यतिवेला राष्ट्रपति ट्रुडो ‘सेल्फ क्वारेन्टाइन’मा छन् ।

चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) को महामारी विश्वभरी फैलँदै छ । हाइप्रोफाइल कोरोनाबाट संक्रमित हुँदै गएका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या शुक्रबार (३० फागुन) सम्म १ लाख २५ हजार नाघ्दा संक्रमण फैलिएका मुलुकका शीर्ष व्यक्तिहरु समेत संक्रमणको मारमा परेका छन्, कतिले त ज्यान नै गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण इरानका दुई सांसदले ज्यान गुमाइसकेका छन् । दुई हप्ताअघि इरानी सांसद मोहम्मद अलि रमाजानी दस्तकको मृत्यु भयो । यसै हप्ता कन्जरभेटिभ पार्टीकी सांसद फतेमेह रहबरको मृत्यु भएको छ ।

दुई हप्ता अघि इरानका सर्वाेच्च नेता आयतोल्लाह खोमेनीका सल्लाहकार मोहम्मद मीरमोहम्मदीको निधन भएको थियो । इरानमा कोरोना संक्रमणका कारण पूर्वराजदुत हादी खोरोशाही, विदेशमन्त्री जावद जरिफका सल्लाहकार शोसेन शेखोसलमको मृत्यु भइसकेको छ ।

यसअघि फेब्रुवरी २५ मा इरानका उप स्वास्थ्यमन्त्रीमा कोरोना भाइरसको संक्रमण भएको पत्ता लागेको थियो । त्यससँगै २० भन्दा बढी इरानी सांसदहरुमा संक्रमण भएको समाचार सार्वजनिक भएको थियो ।

इरानमा अन्य ‘हाइ प्रोफाइल’ व्यक्तिहरु पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । उपराष्ट्रपति इशक जहाँगिरी, उपस्वास्थ्यमन्त्री इरज हरिची, उद्योगमन्त्री रजा रहमानी, संस्कृतिमन्त्री अली असगर मौनेसन कोरोना भाइरसबाट संक्रमित भए ।

त्यस्तै, महिला मामिला उपाध्यक्ष मसुुमेह एब्टेकर, संसदको राष्ट्रिय सुरक्षा र वैदेशिक मामिला समितिका अध्यक्ष मोजताबा जोनर्नर, मेयर मोर्तेजा रहमान्जदेय, सिरियाका लागि इरानी पूर्व राजदुत ६८ वर्षीय हुसेन सेखोलेस्लम र कृषि मन्त्रालयका अधिकारी मोजतबा पौरखान्लीमा संक्रमण भएको पुष्टि भइसकेको छ ।

चीनपछि उच्च संक्रमण देखिएको इरानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ हजार नाघेको छ भने १ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।

अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई पनि कोरोना भाइरस भएको आज प्रकाशित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विहान बढी तापक्रम अनुभव भएपछि डटनले जाँच गराउँदा उनलाई पनि संक्रमणले गाँजिसकेको रहेछ ।

युरोपेली मुलुकहरु फ्रान्स, बेलायत, इटाली र स्पेनका वरिष्ठ राजनीतिज्ञहरु पनि यो भाइरसबाट संक्रमित भएका छन् । मंगलबार (२७ फागुन) मा फ्रान्सका संस्कृतिमन्त्री फ्रान्क राइस्टरमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । राइस्टर उपस्थित सभामा सहभागी अन्य ५ जनामा समेत भाइरसको संक्रमण भेटियो ।

यसै हप्ता बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रमण भएको समाचार बाहिरिएको थियो । स्वास्थ्यमन्त्री नदिनले प्रधानमन्त्री बोरिस जोनसनसँग समेत अन्र्तक्र्रिया गरेकी थिइन् । बेलायतको बहुराष्ट्रिय दूरसञ्चार कम्पनीका मालिक फिलिप जेन्सन पनि कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् ।  बेलायतको छिमेकी स्पेनको राजनीतिक दल भक्सका महासचिव जेभियर ओर्टेगा स्मिथमा पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

चीनपछि उच्च संक्रमण र मृत्यु गणना गरिएको युरोपेली मुलुक इटालीको डेमोक्र्याटिक पार्टीका नेता निकोल जिंगारेट्टीले ७ मार्च (२५ फागुन) मा फेसबुकमा भिडियो सेयर गर्दै आफूलाई पनि संक्रमण भएको घोषणा गरेका थिए । यसैगरी ‘च्याम्बर अफ डेप्युटिज’ का सदस्य क्लाउडिओ पेड्राजिनीमा पनि कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । सेना प्रमुख साल्भाटोर फरिना पनि कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् ।

यसबाहेक विहीबार (२९ फागुन) संयुक्त राष्ट्रसंघको मुख्यालय (न्युयोर्क) मा आबद्ध एक फिलिपिनी महिला कुटनीतिज्ञको जाँच गरिँदा उनलाई पनि कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । यसैगरी ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोका प्रेस निर्देशक फबियो वाजगार्टेन पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

संक्रमित हुनेमा राजनीतिज्ञ बढी 
कोरोनाबाट संक्रमण हुने उच्च पदस्थहरुमध्ये बढी राजनीतिक पृष्ठभूमिका व्यक्तिहरु छन् । विज्ञहरुका भनाईमा, राजनीतिज्ञहरुमा बढी संक्रमण देखिनुको कारण उनीहरु अत्यधिक मानिसहरुसँग भेटघाट गर्ने र भेटेका सबैसँग हात मिलाउनु हो ।

लण्डनस्थित युनिभर्सिटी कलेजका प्रोफेसर फ्रान्कोइस बलौक्सले ‘राजनीतिज्ञहरुलाई कोरोना संक्रमणको जोखिम बढी देखिनुमा बढी मानिसहरुसँग अन्र्तक्र्रिया गरेको हुनसक्ने’ बताएको ‘टाइम’ पत्रिकाको अनलाइनले उल्लेख गरेको छ ।

प्रोफेसर बलोक्सले भनेका छन्, ‘संक्रमणको विस्तार कम गर्न तुरुन्त राजनीतिज्ञहरुको स्वास्थ्य जाँच गर्नु जरुरी छ । सर्वसाधारणले संक्रमणबारे जानकारी पाए भने हटलाइन सम्पर्क गर्नुपर्छ ।’ (एजेन्सीहरुको सहयोगमा) 

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १० : ०२ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका