१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

कृषि अनुदानको करोडौँ रकम जोखिममा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सञ्चालन गरेको ‘एक जिल्ला एक उत्पादन कार्यक्रम’ मा अनियमितता भएको ठहर गरेको छ ।

आयोगले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले कृषि उद्यमका नाममा सरकारले करोडौँ अनुदान वितरण गरे पनि अपेक्षाअनुरूप परिणाम नदेखिएको औँल्याएको छ ।

अख्तियारले कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा सञ्चालित १७ वटा उद्योगको वस्तुस्थितिको मूल्यांकन र विश्लेषण गरेको छ ।

सरकारको करोडौँ अनुदान पाएका अधिकांश उद्योग सम्भाव्यता अध्ययनविनै छनोट भएका, अनुमति लिनुपर्ने निकायबाट अनुमति पनि नलिएका, निजी उद्योगी तथा साझेदारको लगानी नखुलेको लगायतका समस्या कार्यक्रममा रहेको आयोगले औँल्याएको छ ।

अधिकांश उद्योगको सम्झौता अवधि सकिँदासम्म पनि सञ्चालनमा नआएका प्रतिवेदनमा उल्लेख छ ।

आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले यो समाचार लेख्नुभएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : ३५ बजे

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री