५ पुस २०८२, शनिबार | December 20, 2025

२ नम्बर प्रदेशको नाम र राजधानीका लागि आज मतदान



काठमाडौ । प्रदेश २ को प्रदेशसभा गठन भएको सवा दुई वर्षपछि आज (शनिबार) स्थायी राजधानी घोषणा हुने करिब निश्चित देखिएको छ ।

स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभा सचिवालयले दलहरूको प्रस्ताव दर्ता गरेको ६ महिनापछि शनिबार मतदान प्रक्रियाबाट टुंग्याउन लागिएको हो ।

स्थायी राजधानीको सवालमा दलीय सहमति कायम भइसकेको हुँदा संवैधानिक प्रक्रिया पूरा गर्न मात्रै मतदान गर्न लागिएको प्रदेशसभा सचिवालयका एक अधिकारीले बताए ।

तर, नामकरण विषयमा अझै दलहरू विभाजित छन् ।

यसको टुंगो लगाउने प्रक्रिया थप लम्बिन सक्ने अधिकारीले बताएका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको नामकरण तथा राजधानीसम्बन्धी अध्ययन विशेष समिति सदस्य परमेश्वर साहले दुवै विषयमा गोप्य मतदान प्रक्रियाबाट निर्णय लिन प्रस्ताव पेस गरेका छन् ।

आजको राजधानी दैनिकमा सुजितकुमार झाले यो समाचार लेख्नुभएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको