१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

पर्यटकीय सहरमा ‘कोरोना कहर’



काठमाडौं । देशकै पर्यटकीय सहर भनेर चिनिने पोखराको लेकसाइड यतिबेला सुनसान बनेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण यात्रामा प्रतिबन्ध लगाइएपछि पर्यटकको सङ्ख्या न्युन भएको हो ।

अधिकांश विदेशी पर्यटकले भरिभराउ हुने पोखरा यतिबेला सुनसान छ ।

अंग्रेजी महिना मार्च, अप्रिल, मे मा पर्यटक आउने सिजन भए पनि यतिबेला भारतीय पर्यटकबाहेक अरू कमै मात्रामा देख्न सकिन्छ ।

ट्रेकिङ ऐजेन्सी एसोसिएसन अफ नेपाल टानका अध्यक्ष हरि भुजेलले कोरोना भाइरसका कारण सिजनकै समयमा पर्यटक नआउँदा पर्यटन व्यवसायी ठूलो मारमा परेको बताउनुभयो ।

तारा चापागाईंले आजको गोरखापत्र दैनिकमा यो समाचार लेख्नुभएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : ०३ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का