२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

असिनापानीले तरकारी र गहु बाली नष्ट, किसान चिन्तित



बाजुरा । शनिबार बाजुरामा परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूल खेतीमा क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको तल्लो भेगका बूढीगङ्गा, बडीमालिका नगरपालिका सहित अधिकांश स्थानीय तहका अन्न बालीमा करिब एक घण्टा बढी समयसम्म परेको असिनापानीले नष्ट पारेको छ ।

पाक्न लागेको गहुँ, पाकिसकेको जौ र तरकारी बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैशीले असिनापानीले पुर्याएको क्षति बारे एकीन विवरण नआइसकेको बताउनुभयो ।

त्रिवेणी नगरपालिका–३ का वडाअध्यक्ष मीन भण्डारीले असिनापानी गहुँ बालीलाई नराम्रो क्षति पुर्याएको बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहमा जेठ र असारसम्म गहुँबाली पाक्ने गरे पनि त्रिवेणी, बूढीगङ्गासहितका स्थानीय तहमा चैतको शुरुमै काट्न थाल्ने गरेका छन् ।

यो क्षेत्रलाई बेंसी र बढी उत्पादन हुने क्षेत्रका रूपमा पनि लिने गरिन्छ । क्षतिको यथार्थ विवरण सङ्कलन गरी किसानलाई राहतको व्यवस्था गर्न ज्ञान केन्द्रले आग्रह गरेको केन्द्रका निमित्त प्रमुख गोविन्द सिजापतीले बताउनुभयो । उहाले क्षतिको विवरण सङ्कलन गर्ने काममा जुट्न वडा कार्यालयलाई आग्रह गर्नुभयो ।

क्षतिको यथार्थ विवरण सङ्कलन गरी किसानलाई राहतका लागि पहल गर्ने बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले पनि जानकारी दिनुभयो । कृषि शाखाले प्रत्येक वडामा क्षतिको विवरण सङ्कलन गर्न प्राविधिक टोली पठाउने उहाले बताउनुभयो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : ५४ बजे

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि