५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन



नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका दुर्गामुर्तीको आज सामूहिक विसर्जन गरिएको छ । आज एकादशीको दिन कडा सुरक्षाका बीचमा नगर परिक्रमा गराई राप्तीनदीको सिधनिजयाघाट तथा खजुरा स्थित मानखोलामा विसर्जन गरिएको छ ।

नेपालगन्ज र यस आसपास रहेको मूतीहरुको सिधनियाघाट स्थित राप्ती नदीमा र खजुरा क्षेत्रमा स्थापना गरिएका मूतीहरुको खजुरा स्थित मानखोलामा विसर्जन गरिएको हो । दशैमा स्थापना गरिएका करिव ४ सय बढी मुर्ती सामाूहिक विसर्जन गरिएको जनाइएको छ ।

बाँकेमा स्थापना गरिएका करिव ४ सय दुर्गा भगवतीका मूर्तीहरु शान्तिपूर्वक विसर्जन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले बताए । उनले बाँकेको कोहलपुर, बैजनाथ, खजुरा, नेपालगञ्ज, जानकी, डुडुवा, राप्तीसोनारी र नरैनापुरमा स्थापना गरिएका मूर्ती शन्तिपूर्वक विसर्जन गरिएको बताए ।

मूर्ती विसर्जनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन १ हजार ५ सय बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ६ : ४४ बजे

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को