२२ भदौ २०८३, सोमबार | September 7, 2026

पश्चिम नेपाल बस ब्यवसायीले सुरु गरे ‘कोरोना’ बिरुद्धको अभियान



बुटवल । विश्वको १५२ ओटा देशहरुमा महामारीको रुपमा फैलिदै गएको कोरेना भाइरसलाई नेपाल सरकारले कोरोना भाइरसको प्रकोप फैलन नदिन बिभिन्न उपाय अवलम्बन गरेसंगै रुपन्देहीमा निजी क्षेत्रले पनि भाइरसको प्रकोप फैलीन नदिन अभियान थाल्न सुरु गरेकाछन ।

पश्चिम नेपाल बस ब्यवसायी प्रा.लिले आफ्नो सवारी साधनमा यात्रा गर्नु अघि तापक्रम नापेर मात्र यात्रा गर्ने ब्यवस्था मिलाउने भएको छ ।
नेपालमा कोरोना भाइरसको प्रकोप फैलिन नदिन भन्दै प्रालिका रुपन्देही र कपिलवस्तुका भारतीय सिमासंग जोडीएका नाकाहरुबाट गन्तब्य पुग्ने बस तथा बुटवल र यस आसपासबाट चल्ने बसहरुमा यात्रा गर्दा तापक्रम जांचेर मात्र यात्रा गर्नुपर्ने ब्यवस्था मिलाईएको बस समितीले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

बस ब्यवसायी प्रालिले रुपन्देहीको बेलहिया, कृष्णनगर, महेशपुर जस्ता भारतीय नाकाबाट भिभिन्न गन्तब्यमा पुग्ने बसमा यात्रा गर्दा अनिवार्य तापक्रम नाप्नु पर्ने ब्यवस्था गरेको छ भने बुटवल, तानसेन, गुल्मी र अर्घाखांचीबाट छुट्ने प्रालि अन्तर्गतका बसमा यात्रा गर्दा पनि अनिवार्य तापक्रम नाप्ने ब्यवस्था गरेको छ ।

ब्यवसायीको आफ्नै स्वास्थ्यकर्मी र तालिम प्राप्त कर्मचारीले बस चढ्नु अघि डिजिटल उपकरणबाट तापक्रम नापेर यात्रा गराउने ब्यवस्था मिलाईएको प्रालिले जनाएको छ । यात्रा गरिरहेका यात्रुहरुले भय रहित वाताबरणमा यात्रा गरेको अनुभुती दिलाउन तापक्रम मापनको ब्यवस्था गरिएको प्रालिका अध्यक्ष दधीराम खरेलले बताउनुभयो ।

१५ थान उपकरण सहित प्रालिका काउण्टरहरुमा तालिम प्राप्त कर्मचारी परिचालन गरिएको तथा तापक्रम उच्च भएका नागरिकलाई नजिकको स्वास्थ्य संस्थाहरु सम्म पु¥याउने प्रबन्ध समेत प्रालिले नै गर्ने अध्यक्ष खरेलले बताउनुभयो ।

उच्च तापक्रम भएका यात्रुहरुलाई आवश्यक परे सुबिधा सम्पन्न अस्पताल सम्म पु¥याउन समेत प्रालि तयार रहेको उहांले बताउनुभयो । कार्यक्रममा सहभागिहरुले बसको सरसफाई तथा बस चढ्नु अघि अल्कोहल सेनालाईजरले हात सफा गर्ने ब्यवस्था गर्न प्रालिलाई सुझाव दिएका थिए ।

प्रदेश ५ को राजधानी बुटवललाई केन्द्र बिन्दु बनाएर संचालनमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि अन्तर्गत २ हजार ५ सय बढी बसहरुले यात्रुहरुलाई सेवा दिईरहेको प्रालिले दाबी गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : २३ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा