१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

कोरोना भाइरस १ सय ५७ मुलुकमा फैलियो, साढे ६ हजार बढीको मृत्यु



एजेन्सी । चीनको बुहानबाट फैलिएर विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरसका कारण हालसम्म ६ हजार ५ सय १५ जनाको मृत्यु भएको छ ।

विश्वका १ सय ५७ मुलुकमा फैलिएको कोरोनाबाट १ लाख ६९ हजार ४१५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अस्पताल भर्ना भएका ८५ हजार ४ सय ६४ नयाँ विरामीहरु मध्ये ५ हजार ९ सय २१ जनाको अवस्था गम्भिर छ ।

त्यस्तै ७९ हजार ५ सय ४३ जनाको अवस्था सामान्य रहेको छ । त्यस्तै ७७ हजार ४ सय ३६ जना निको भएर घर फर्किसकेका छन ।

अहिलेसम्म चीनमा सबै भन्दा बढी ३ हजार २ सय १३ जनाको मृत्यु भएको छ भने ८० हजार ८ सय ५८ मा संक्रमण कायम छ ।

त्यस्तै चीनपछिको दोस्रो ठूलो प्रभाव परेको मुलुक ईटलीमा १ हजार ८ सय ९ जनाको मृत्यु भएको छ भने, २४ हजार ७ सय ४७ जना संक्रमित भएका छन ।

त्यसैगरि ईरानमा ७ सय २४ जनाको ज्यान गएको छ भने १३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्पेनमा २ सय ९२, फ्रान्समा १ सय २७, दक्षिण कोरियामा ७५ र अमेरिकामा ६८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : २० बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का