६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

कोरोना भाइरस १ सय ५७ मुलुकमा फैलियो, साढे ६ हजार बढीको मृत्यु



एजेन्सी । चीनको बुहानबाट फैलिएर विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरसका कारण हालसम्म ६ हजार ५ सय १५ जनाको मृत्यु भएको छ ।

विश्वका १ सय ५७ मुलुकमा फैलिएको कोरोनाबाट १ लाख ६९ हजार ४१५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अस्पताल भर्ना भएका ८५ हजार ४ सय ६४ नयाँ विरामीहरु मध्ये ५ हजार ९ सय २१ जनाको अवस्था गम्भिर छ ।

त्यस्तै ७९ हजार ५ सय ४३ जनाको अवस्था सामान्य रहेको छ । त्यस्तै ७७ हजार ४ सय ३६ जना निको भएर घर फर्किसकेका छन ।

अहिलेसम्म चीनमा सबै भन्दा बढी ३ हजार २ सय १३ जनाको मृत्यु भएको छ भने ८० हजार ८ सय ५८ मा संक्रमण कायम छ ।

त्यस्तै चीनपछिको दोस्रो ठूलो प्रभाव परेको मुलुक ईटलीमा १ हजार ८ सय ९ जनाको मृत्यु भएको छ भने, २४ हजार ७ सय ४७ जना संक्रमित भएका छन ।

त्यसैगरि ईरानमा ७ सय २४ जनाको ज्यान गएको छ भने १३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्पेनमा २ सय ९२, फ्रान्समा १ सय २७, दक्षिण कोरियामा ७५ र अमेरिकामा ६८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : २० बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का