७ कार्तिक २०८३, शनिबार | October 24, 2026

कोरोना भाइरसबाट जोगिन बेलायती महारानीले दरबार छाडिन



एजेन्सी । बेलायती महारानी एलिजावेथ द्वितीयले दरबार छाडेकी छिन । कोरोनाको सम्भावित संक्रमणबाट बचाउन भन्दै महारानी एलिजावेथलाई वकिंघम दरबारबाट विंडसर क्यासलमा सारिएको हो ।

९३ बर्षीया महारानी एलिजाबेथसंग उनका पति ९८ बर्षीय प्रिन्स फिलिपलाई पनि विंडसर क्यासलमा सारिएको छ । कोरोनाबाट सावधानी अपनाउन भन्दै ७० बर्ष भन्दा माथीका नागरिहरुलाई परिवारबाट छुट्टै राखेर विशेष हेरचाह गर्ने ब्रिटिस सरकारले निर्णय गरेको छ ।

हाल विंडसर क्यासलमा राखिएका महारानी एलिजाबेथ र प्रिन्स फिलिपलाई आगामी साता नारफोक शहरमा रहेको शाही सेन्ड्रिंघम स्टेटमा बनाईएको विशेष वार्डमा सार्ने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन ।

कोरोनाका कारण बेलायतमा हालसम्म ३५ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । २० जना निको भैसकेका छन भने २० जनाको अवस्था गम्भिर रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ३८ बजे

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले

दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका