९ चैत्र २०७९, बिहिबार | March 23, 2023

नेपाललाई मास्क र अन्य मेडिकल सप्लाइज सहितको मेडिकल टिम पठाउनुपर्छ कि ? चीनले नेपाललाई सोध्यो



काठमाडौ । कोरोना भाइरस संक्रमणबाट सुरुमै प्रभावित भएको छिमेकी चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ ।

चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के–के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ । यस अघि नेपालले चीनलाई कोरोना विरुद्ध लड्न १ लाख थाम मास्क पठाएर ऐक्यवद्धता जनाएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल कोरोना संक्रमणको सम्भावित दबावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीन यसबेला नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराइएको छ । चीनले केही राष्ट्रलाई सहायता बढाउने नीति अनुरुप नेपालको आवश्यकता के हो भनेर सोधेको मन्त्रालयको एक स्रोतले जानकारी दियो ।

चीनले नेपाललाई पठाएको पत्रमा सोधिएको छ– के नेपाल यो बेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाललाई उर्जामा सहायता चाहिएको हो ? नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनुपर्छ ? हामी जुनसुकै बेला पनि तप्तर छौं । चीनले नेपालमा कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक चीनबाटै पहिलो भ्रमण गराउन समेत चाहेको जनाएको छ ।

त्यस्तै उसले चीनले नेपालका विकास परियोजनाहरुमा तिब्रता दिइने समेत बताएको छ । चीनसँग आवश्यक सहयोगबारे छलफल भइरहेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

उहाले चीन र भारत दुवैतिरबाट सहयोगको कुरा आएको प्रष्ट पार्दै नेपाल सबै छिमेकीहरुसँग मिलेर यो महामारी विरुद्ध लड्न सक्षम रहेको बताउनुभयो । केही दिनअघि मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन गरी नेपाललाई कोरोना संक्रमणबाट जोगाउन चीनले आवश्यक जुनसुकै सहायता गर्ने बताउनुभएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ४४ बजे

लोसपाद्वारा बैठक आह्वान

काठमाडौं । आगमी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

काठमाडौं । चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ

आजको मौसम : कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव

सत्तारुढ गठबन्धनको बैठक :’अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने निर्णय भएको छैन’

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा