२८ असार २०८२, शनिबार | July 12, 2025

बुटवलमा कोरोना पूर्वतयारीलाई प्रभावकारी बनाइँदै, बुटवलमा क्वारेन्टाइनका लागि ठाउँ तयार



बुटवल । बुटवल उपमहानगरपालिकाले नोबेल कोरोना पूर्वतयारीलाई तीब्रता दिएको छ । यसैक्रममा उपमहानगरमा सरोकारवालाको बैठक बस्दै पूर्वतयारी र त्यसपछिका अवस्थाको व्यवस्थापनका लागि साझा रणनीति तय गर्नेसमेत निर्णय गरेको छ ।

उपमहानगरका प्रमुख शिवराज सुवेदीको अध्यक्षतमा बुधबार बसेको बैठकमा प्रदेश सरकरको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रादेशिक अस्पताल, सामुदायिक तथा निजी अस्पतालका सञ्चालक, स्वास्थ्यकर्मी र विशेषज्ञहरुको सहभागिता थियो । सोही बैठकमा सहभागी निजी क्षेत्र तथा व्यवसायिक संघसंस्था र प्रतिष्ठानका सञ्चालकहरुले समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए ।

बुटवल उपमहानगरले क्वारेन्टाइनका लागि पहिलो चरणमा बुटवलका चारवटा सामुदायिक विद्यालयका ४० वटा कोठालाई र एसइइ सकिएपछि थप ६० कोठासमेत थप गरेर एक सय कोठा व्यवस्थापन गर्ने भएको छ । यसरी तयार पारिएका क्वारेन्टाइनका कोठाहरुको विशेषज्ञहरुले निरिक्षणसमेत गरिसकेको उपमहानगरले जनाएको छ ।

यस्तै आइसोलेशन सञ्चालन गर्नुपर्ने अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालसहित तोकिएका निजी अस्पतालहरुमा ३४ वटा बेड तम्तयारीमा राखिएको छ । यस्का अतिरिक्त अस्थायी रुपमा आइसोलेशन सञ्चालन गर्नुपर्ने अवस्थामा बन्द अवस्थामा रहेको बुटवल धागो कारखानाका भवनहरुलाईसमेत उपयोग गर्ने निर्णय गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी गराउनुभयो ।

‘अस्थायी आइसोलेशन अस्पताल सञ्चालनका लागि बन्द अवस्थामा रहेको बुटवलको धागो कारखानाका उपयुक्त भवनहरु प्रयोग गर्नेगरि त्यसको प्रक्रिया पूरा गर्न प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय गरियो’ बैठकपछि प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

बुटवलले सामुदायिक तथा निजी अस्पतालहरुमा व्यवस्थापन गरिएका आइसोलेशन बेडहरुमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट रिफर भइ वा सिफारिस भइ आएका विरामीहरुलाई मात्र भर्ना गर्ने निर्णय छ । त्यस्ता आठ वटा निजी अस्पतालहरुमा तयार पारिएका ३४ वटा बेडहरुको विवरण उपमहानगरले प्रादेशिक अस्पताललाई उपलव्ध गराउने छ ।

क्वारेन्टाइन सम्बन्धमा

क्वारेन्टाइन सञ्चालन गर्नका लागि बुटवलका चारवटा सामुदायिक विद्यालयका उपयुक्त भवनका ४० वटा कोठालाई यहीँ चैत ७ गतेदेखि नै प्रयोगमा ल्याउन सकिने र परीक्षा सकिएपछि थप ६० कोठाको व्यवस्थापन गर्दै सोको विवरणसहितको जानकारी प्रदेश सरकारलाई गराउने निर्णय गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

क्वारेन्टाइनका लागि अहिले तयारी गरिएका विद्यालयहरुमा परीक्षा केन्द्र छैन । ती विद्यालयक भवनहरु बस्ती भन्दा केही पर र क्वारेन्टाइनका लागि उपयुक्तसमेत रहेको उपमहानगरका स्वास्थ्य तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो ।
प्रस्तावित विद्यालयहरुको अवस्थाका बारेमा स्वास्थ्य विज्ञहरुको टोलीले निरिक्षण समेत गरिसकेको जानकारी दिंदै जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले अस्थायी आइसोलेशन सञ्चालन हुने स्थानको पनि प्राविधिक अध्ययन गराइएको बताउनुभयो ।

उक्त बैठकमा प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरी, सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकर चौधरी, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, निजी तथा सामुदायिक अस्पताल सञ्चालकहरुको प्रदेशस्तरीय संघका तर्फबाट तिलोत्तमा अस्पतालका अध्यक्ष रामप्रसाद खरेल, औषधि व्यवसायी सुरज भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, यातायात व्यवसायी नारायणप्रसाद घिमिरे, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष हरि अर्याल, होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी तथा विभिन्न निजी अस्पतालका सञ्चालक, चिकित्सकहरुले उपमहानगरले सुरु गरेको पूर्वतयारीको कामको सराहना गर्दै सहकार्य गर्ने प्रतिबद्धता जनाएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : १२ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली । टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

आर्थिक वृद्धिदरमा सुधार भएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

अहिलेको सत्ता सहयात्रा चुनावसम्मै कायम रहन्छ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन