९ भदौ २०८३, मंगलबार | August 25, 2026

नेकपा सचिवालय बैठक : ‘कोभिड–१९’ रोकथामका लागि थप प्रभावकारिता अपनाउन आग्रह



काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज सम्पन्न सचिवालय बैठकले ‘कोभिड–१९’ को सङ्क्रमणको रोकथाम र सचेतनाका लागि थप प्रभावकारी कार्य गर्न सरकारलाई आग्रह गरेको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमणलाई ध्यान दिएर माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गर्ने लगायत उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेको ‘कोभिड– १९’ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णयप्रति प्रशंसा गरेको छ ।

बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणका लागि उहालाई बधाई दिँदै संलग्न चिकित्सक र मिर्गौला दातालाई धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाउनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : ४३ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि