२२ भदौ २०८३, सोमबार | September 7, 2026

अझै पेचिलो बन्दै प्रदेश २ को नाम र राजधानी



काठमाडौ । राजधानी र नामकरण टुंग्याउन प्रदेश २ को प्रदेशसभामा मंगलबार मतदानमार्फत दिनभरि भएको प्रयास असफल भयो ।

प्रदेशसभा गठन भएको २६ महिनापछि यो विषय टुंग्याउन मंगलबार मध्यरातसम्म विभिन्न चरणमा भएको मतदानमा कुनै एक दलको मात्र नभई चार दलको संयुक्त प्रस्तावमा समेत दुईतिहाइ बहुमत पुग्न सकेन ।

गत भदौ ५ मा दल तथा सांसदले प्रदेशसभामा दर्ता गराएको प्रस्तावमा प्रदेश सभामुखसमेत रहेको अध्ययन तथा छलफल विशेष समितिमा पटकपटक गरी भएको ११ वटा बैठकमा सहमति नजुट्दा मंगलबार यो विषय टुंग्याउन विहान ८ बजे प्रदेशसभा बैठक डाकिएको थियो ।

सोमवार बसेको प्रदेशसभा बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नाम टुंग्याउन मतदान प्रक्रियामा जानुपर्ने जानकारी दिँदै ४ चैत, मंगलबार बिहान ८ बजे अर्को बैठक आह्वान गरेका थिए ।

त्यसै अनुरुप लामो समयपछि प्रदेशसभाका १ सय ७ जना सांसद नै बैठकमा उपस्थित थिए ।

तर कार्यव्यवस्था तथा परामर्श समितीको बैठकपछि पहिले प्रदेशको नामकरण र सो टुंगिइसकेपछि राजधानीसम्बन्धी प्रस्ताव पेस हुने कार्यसूची आएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले बिमति जनायो ।

यसले त्यसपछि समान्य विवादसमेत भएको थियो ।

तर छलफलको क्रममा सभामुख सरोज यादवले पहिले कुन प्रस्ताव राख्ने विषयमा निर्णय नभएको र कार्यसूची तोक्ने अधिकार आफूमातहतमा रहेको सुनाएपछि विवाद साम्य भएको थियो ।

आजको नागरिक दैनिकमा रोहित महतोले यो समाचार लेख्नुभएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ७ : ४२ बजे

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको