१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

नौ महिनामा २२ गैँडा मरे, संरक्षण क्षेत्रमा चिन्ता थपियो



चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढ्दै गएको छ । २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैँडाको हाडखोर मात्र भेटिएको थियो । यसअघि दुईवटा राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा गैँडा मरेका थिए ।

विषाक्त खाना, बुढो भएर, जुधेर, दलदलमा फँसेर, भाले लाग्दा, लडेर, खोंचमा फस्ने जस्ता कारणले गैँडा मर्ने गरेका छन् । गैँडाको मृत्युदर उच्च भएपछि गत वर्ष निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ ।

विगत केही वर्षयता चोरी शिकारीबाट गैँडा मारिएका छैनन् । तर प्राकृतिक कारणले मर्ने क्रम बढेपछि संरक्षण क्षेत्रमा चिन्ता थपिएको छ । गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४/०७५ मा २६ र २०७३/०७४ मा २५ गैँडा सोही कारणले मरेका थिए ।

सामान्यतया पाँच प्रतिशत गैँडाको मृत्युलाई सामान्य मानिन्छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडा रहेको उप्रेतीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १० : २९ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का