२० आश्विन २०८३, मंगलबार | October 6, 2026

महामारीको रुपमा विश्वभर फैलाएको कोरोनाविरुद्ध भ्याक्सिन तयार गरि क्लिनिकल परीक्षण सुरु



एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनले उक्त भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सुरु गरेको छ । विश्वभर महामारी फैलाएको कोरोनाविरुद्ध चीनले भ्याक्सिन तयार गरि क्लिनिकल परीक्षण सुरु गरेको हो ।

यसअघि अमेरिकाले पनि भ्याक्सिन तयार भएको र परीक्षण पनि सुरु भएको जनाएको थियो । अमेरिकाले परीक्षण सुरु भएको बताएको १९ घण्टापछि चीनले पनि भ्याक्सिनको क्लिनिकल परीक्षण सुरु गरेको हो । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको प्रतिस्पर्धाका कारण विश्व बजारमा कोरोनाविरुद्धको भ्याक्सिन छिट्टै उपलब्ध हुने आशा गरिएको छ ।

तर चीनले भने भ्याक्सिनको परीक्षण सकेर ठूलोमात्रामा बजारमा पठाउन अझै १२ देखि १८ महिना लाग्नसक्ने बताएको छ । चिनियाँ जनमूक्ति सेनामा मेजर जनरल चेन वेइ र उनको टिमले कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लगाएको हो । कोरोनाको सुरुवात भएको वुहानमा पुगेर मेजर वेइको टिमले इबोला भ्याक्सिन बनाएको अनुभव र स्थानिय कम्पनीसँगको सहकार्यमा कोरोना भ्याक्सिनमाथी फार्मेसी तथा औषधि विज्ञानमा आधारित भएर अनुसन्धान गरेको छ ।

उत्पादन प्रक्रिया र गुणस्तर नियन्त्रण समिक्षाको आधारमा उनिहरुले भ्याक्सिनको डिजाइन, संरचना र उत्पादनलाई निकै छिटो सकाएका सिसिटिभीले उल्लेख गरेको छ । त्यसलगत्तै वेइको टिमले उत्पादन गरेको भ्याक्सिनको क्लिनिकल समिक्षा दर्ता पारित भएसँगै क्लिनिकल परीक्षणको अनुमती पाएको थियो ।

वेइको टिमले कोरोनाविरुद्धको भ्याक्सिनलाई सुरक्षित, गुणस्तरीय, उपयोगी र ठूलोमात्रामा उत्पादनका लागि आन्तरिक नीतिनियम र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप भएको पनि दावी गरेको छ । कोरोना संक्रमण सुरु भएसँगै विश्वका दर्जन देश भ्याक्सिन पत्ता लगाउने दौडमा निस्किएका थिए । तर चीन र अमेरिकाले भने सफलता पाएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ५ : २५ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११