७ चैत्र २०८२, शनिबार | March 21, 2026

कोरोना नेपाल भित्रिएको छैन, उपभोग्य बस्तुको मौज्दात पर्याप्त



काठमाडौ । सरकारले औषधि, इन्धन, खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भण्डारण पर्याप्त मात्रामा रहेकाले ढुक्क हुन नागरिकहरुमा आग्रह गरेको छ ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सरकारद्वारा नियमित रूपमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार भन्नुभयो, “औषधि, इन्धन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त छ ।”

उहाले भन्नुभयो, “अहिलेसम्म कोभिड–१९ बाट मुलुक मुक्त छ । नागरिक समाज जिम्मेवार भएर सुरक्षा व्यवस्था अपनाएमा कोरोना भाइरस आउनै नदिने सरकारको प्रयास सफल हुनेछ ।”

कोरोना भाइरस (कोभिड–१९) मुलुकमा भित्रिन नदिने सरकारको पहिलो प्रयासस्वरूप हवाई तथा स्थलमार्गमा कडाइ गरिएकोसमेत उहाले बताउनुभयो । सरकारका प्रवक्ता डा. खतिवडाले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा असर देखिएको भन्दै ‘अफ सिजन’को समयमा छिमेकी मुलुकबाट पर्यटक भित्र्याउने रणनीति बनाउन थालिएको जानकारी पनि दिनुभयो ।

उहाले भन्नुभयो, “पर्यटकको चाप हुने फेब्रुअरी र मार्चमा नोक्सान भएको छ । त्यसको पूर्ति अफ सिजनमा छिमेकी मुलुकबाट पर्यटक ल्याएर गर्न सकिन्छ । त्यसका लागि रणनीति बनाउन थालेका छौँ ।”

उहाले कोभिड–१९ को सन्त्रासबाट छिट्टै मुक्ति पाइएपछि पर्यटन व्यवसाय फेरि आफ्नै लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो । पर्यटन क्षेत्रका श्रमिकका लागि ‘वेलफेयर फन्ड’बाट तत्कालका लागि राहत दिने विषयमा छलफल भइरहेको उहाले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठको समाचार छापिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ५४ बजे

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको