१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलमा २४ घण्टामा तयार पारिदै १ सय बेडको अस्पताल



बुटवल । बुटवलमा १ सय बेडको कोरोना विशेष(अस्थाई) अस्पताल निर्माण शुरु भएको छ । अस्पताल भोलीसम्म संचालन हुने गरि निर्माण थालिएको हो ।

बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाइदै छ । बुटवल उप—महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको संयुक्त सहकार्यमा बुटवल १० स्थित बन्द अबस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन ८० जना काममा खटिएका छन् । नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवाहरु निर्माणमा खटिएका छन् ।

निर्माण स्थलमा प्रमुख शिवराज सुवेदी र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराइसहित प्राविधिक, विशेषज्ञको टोलीले शुक्रबार बिहानैदेखि सो स्थलमा खटिनुभएको छ । निर्माण स्थलको अनुगमन तथा निरिक्षणका लागि प्रदेश सरकारका कानुन मन्त्री कुलप्रसाद केसी,प्रदेश प्रहरी प्रमुख नरबहादुर केसी लगायत पुग्नुभएको छ । लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानाको एउटा ब्लकलाई अस्पतालको रुपमा प्रयोग गरिएको हो ।

बुटवलमा आइसोलेशनका लागि धागो कारखानामा करिब १०० बेडको अस्पताल बनाउने काम शुरु गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो । पहिलो चरणमा एउटा बलकमा एक सय बेडको आईसोलेशन कक्ष निर्माण गर्ने काम चलिरहेको नगर प्रमुख सुवेदीले बताउनुभयो ।

अहिले आईसोलेसनसंगै बाहिरी क्षेत्रमा घेरवार लगाउने, शौचालय बनाउने र भवन परिसरलाई नै संक्रमणरहित बनाउने काम भैरहेको छ । रुघाखोकी जस्ता लक्षण लिएर आउने विरामीलाई अस्पतालहरुले कोरोना संक्रमणको आशंकामा भर्ना लिन नमानेपछि बुटवलमा छुट्टै आईसोलेसन अस्पताल बनाइएको हो ।

बुटवलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको कुनैपनि विरामी नभेटिएपनि कोरोनासंग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चारपांच जना विरामी आउने गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ५ : ४१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा