२१ भदौ २०८३, आइतबार | September 6, 2026

सिमा बन्द गर्न तथा व्यापारीहरुलाई कृत्रिम अभाव सिर्जना नगर्नव्यापार संघको आग्रह



बुटवल । रुपन्देही व्यापार संघले भारतसंग जोडिएको प्रदेश ५ का रुपन्देही लगायतका जिल्लामा कोरोनाको बढ्दो जोखिमलाई रोक्न भारतसंगको सिमा पूर्ण रुपमा बन्द गरि दुबैतर्फका नागरिकहरुलाई आवतजावतमा प्रतिवन्ध लगाउन आग्रह गरेको छ ।

संघले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै विश्व स्वाश्थ्य संगठनले समेत नेपाल कोरोनाको निकै जोखिम क्षेत्रका रुपमा किटानी गरेको अवस्थामा हाम्रो छिमेकि राष्ट्र भारतमा कोरोनाको संक्रमण निकै उच्चदरमा देखापरेको हुदा भारतसंगको खुल्ला सिमाको चेकजाच कडाई गर्नुका साथै आवश्यक्त अनुसार सिमा बन्द गर्न आग्रह गरेको छ ।

संघका महासचिव दयानिधि भण्डारीद्वारा जारी विज्ञप्तिमा छिमेकि राष्ट्र चीनमा देखापरि हाल विश्वका विभिन्न मुलुकमा फैलिई साझा चुनौतीको रुपमा देखापरेको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण हाम्रो मुलुकमा पनि देखापर्ने अवस्था रहेका कारण त्यसबाट सचेत बनी संक्रमणबाट सुरक्षित रहन सर्तकता अपनाउन आफ्ना सबै सदस्य व्यवसायी तथा सम्पूर्ण सर्वसाधारण नागरिकहरुमा हार्दिक अपिल पनि गरिएको छ । संघले कोरोनाका कारण व्यापार व्यवसायमा परेको असरप्रति गम्भिर चिन्तित व्यक्त गरेको छ ।

कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गरेको सबै प्रकारका आग्रह र अनुरोधलाई सबैले सम्मान गर्नु पर्ने दायित्व रहेको बताउदै त्यसलाई पालना गर्न पनि अपिल विज्ञप्तिमार्फत गरिएको छ ।

संघले कोरोनाका बाहानामा कालोवजारी तथा कृत्रिम अभाव गराएको आरोप व्यवसायीहरुमा लाग्ने गरेको भन्दै त्यसतर्फ व्यवसायीहरुलाई गम्भिर बन्न र कुनै पनि क्षेत्रमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना हुने अवस्था नबनाई संकटको घडीमा आमउपभोक्ताहरुलाई आफुसंग भएका सामाग्री सहज रुपमा उपलब्ध गराउन र आफुमाथि आएका समस्या संघमार्फत राख्न अनुरोध गरेको छ ।

संघले कोरोनाबाट नेपालको व्यवसाय क्षेत्रमा गम्भीर असर परेको भन्दै कोरोनाका कारण आएको आर्थिक मन्दीले थला पर्ने अवस्थामा पुगेका उद्योगी व्यवसायीहरुलाई राहत पुग्ने गरी ब्याज छुट, घरभाडा मिनाहा, आयकरमा छुटको समय थप लगायतका राहतका प्याकेज प्रदान गर्न सरकारसंग आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ५ : ४९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका