१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कोरोनाबाट ईटलीमा एकैदिन ६२७ को मृत्यु, १३ जना डाक्टरको पनि ज्यान गयो



एजेन्सी । कोरोनाको उद्गम मुलुक चीनमा भन्दा ईटालीमा कोरोनाको प्रभाव तिब्र गतिमा अगाडी बढेको छ । शुक्रबार मात्रै ईटलीमा ६ सय २७ जनाको मृत्यु भएको छ । एकै दिन धेरैको मृत्यु भएको यो अहिलेसम्मकै ठूलो आँकडा छ । ईटलीमा अहिलेसम्म ४ हजार ३२ को मृत्यु भएको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन ।

यहाँको लोम्बार्डी क्षेत्रको उत्तरी क्षेत्र कोरोना भाईरसद्वारा अत्यधिक प्रभावित क्षेत्र हो । यो क्षेत्रमा मात्रै २ हजार ५ सय ४९ जनाको मृत्यु भैसकेको छ । ईटालीमा अहिले पार्कमा घुम्ने, ब्यायाम गर्ने, मोटरसाईकल र साईकल चलाउनेलगायतका थुप्रै प्रतिबन्धहरु लगाईएका छन । ईटालीमा मुत्यु हुनेहरुको औसत आयु ७९ दशमलव ५ रहेको छ ।

त्यहाँका सिभिल प्रोटेक्सन प्रमुख एंजेलो बेरेलीले स्थानीय सञ्चार माध्यमसंग कुरा गर्दै भने, ‘आगामी एक सातासम्म मृत्यु हुनेहरुको गति घट्ने अवस्था देखिंदैन ।’ कोरोनका कारण ईटालीमा हालसम्म १३ जना डाक्टरहरुको मृत्यु भएको छ भने २ हजार ६ सय २९ जना डाक्टर संक्रमित भएका छन ।

त्यस्तै ब्रिटेनमा पनि एकै दिन अर्थात शुक्रबार ३३ जनाको मृत्यु भएको छ । बेलायत सरकारले गएरातीदेखि ण्देशभर लकडाउनको घोषणा गर्दै कसैलाई पनि अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन आदेश दिएको छ । त्यस्तै चीनमा ३ हजार २ सय ४८ को मृत्यु भएको छ भने ८० हजार ९ सय ६७ जना संक्रमित छन ।

त्यसैगरि स्पेनमा १ हजार ९३ जनाको मृत्यु भएको छ भने २१ हजार ५ सय १० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ईरानमा १ हजार ४ सय ३३ को मृत्यु भएको छ भने १९ हजार ६ सय ४४ को मृत्यु भएको छ ।

विश्वका १ सय ८५ मुलुकमा फैलिएको कोरोना भाईरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ९७ पुगेको छ । कोरोनाका कारण हालसम्म २ लाख ७५ हजार ७ सय ४१ जना संक्रमित भएका छन भने ९१ हजार ९ सय १२ जना निको भैसकेका छन ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : १७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा