७ चैत्र २०८२, शनिबार | March 21, 2026

भारत र चीनद्वारा नेपाललाई सहयोगको अफर



काठमाडौ । भारतले आवश्यक परेको बेला नेपाललाई चिकित्सक र विशेषज्ञसहितको र्‍यापिड रेस्पोन्स टिम पठाउने आश्वासन दिएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो अफर गरेका हुन् ।

ज्ञवालीले भारतको अफरलाई स्वागत गरेको र त्यसका लागि भारतलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरलाई मन्त्री ज्ञवालीले अत्यावश्यक औषधि र खाद्य पदार्थको आपूर्ति थप सहज बनाउनुपर्नेमा जोड दिएका छन् ।

भारतस्थित नेपाली दूतावासले पनि विदेश मन्त्रालयमा यसबारे छलफल गरेको परराष्ट्र स्रोतले बतायो ।

चीनले पनि नेपाललाई सहयोग गर्ने वचन दिएको छ । शुक्रबार चीनको विदेश मन्त्रालय, जनस्वास्थ्यसँग सम्बन्धित विभाग, स्वास्थ्य कमिसनलगायत अधिकारीले नेपालसहित १८ देशका अधिकारीसँग छलफल गरेका थिए ।

बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोको स्थायी समितिले गरेको निर्णयका आधारमा चीन सरकारले सहयोग गर्ने अधिकारीहरूले बताएका छन् ।

सबै देशका अधिकारीसँग चिनियाँ अधिकारीले एकैपटक सामूहिक भिडियो कल कन्फरेन्स गर्दै वुहान सहरमा कोरोना महामारी नियन्त्रणको अनुभवसमेत सुनाएका थिए ।

उनीहरूले कोरोनाको मूल स्रोतलाई काट्ने, फैलावट रोक्ने र जोखिममा रहेका उमेर समूहका मानिसलाई जोगाउने सूत्र सुनाएका थिए ।

चिनियाँ अधिकारीले आफ्नो बलबुताले भ्याएसम्म विश्वव्यापी महामारी नियन्त्रणका लागि सघाउने वचन दिएका छन् ।

नेपाली अधिकारीले भने, ‘चीनले के चाहिन्छ सम्बन्धित कूटनीतिक च्यानलमार्फत पठाउन भनेका छन् र सकेको मद्दत गर्ने वचनबद्धता दिएका छन् । नेपालले आवश्यक पर्ने चिनियाँ सहयोगको सूची पठाइसकेको छ ।’

आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले यो समाचार लेख्नुभएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : ३५ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा