६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

नेपाल भारत सीमामा कोरोना चेक जाँच अझै फितलो



भैरहवा । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको चेक जाँचमा अझै कडाई हुन सकेको छैन् । सुनौली नाका हुदै भारतबाट नेपाल आउने व्यक्तिहरुलाई चेक जाँचमा कडाई नगरेको पाइएको हो । त्यसैगरी चेकजाँचमा रहेका हेल्प डेक्सका स्वास्थ्यकर्मीले लगाउने स्वास्थ्य इक्वीभमेन्टमा समेत सावधानी अपनाइएको छैन् ।

भारततर्फबाट नेपाल आउनेहरुलाई प्राय साँझको समयमा बढी भिड हुने हुदा उनीहरुको ज्वरो चेक जाँच नगरेको पाइएको छ । भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा सामान ल्याउनेहरु पनि सजिलै भित्रिने गरेका छन् । सिद्धार्थनगर नगरपालिकाकी स्वास्थ्यकर्मी रिता थापाले भारतबाट नेपाल आउनेहरुलाई बिहान ६ बजे देखि राती १० बजे सम्म चेक जाँच गरिएको बताउनुभयो ।

चार जना स्वास्थ्यकर्मीहरु चेक जाँचमा रहेका छन् भने बेलहियाका युवाहरु स्वतः स्फुर्तरुपमा चेक जाँचमा सहयोग गरिरहेका छन् । नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. शान्त कुमार शर्माले महामारीका रुपमा फैलिएको कोरोनाको चेक जाँच नेपालमा फितलो भएको बताउनुभयो । जति सरकारी स्तरबाट हुनु पर्ने हो त्यो नभएको उहाको भनाई छ । स्वास्थ्य चेक जाँचमा जनशक्तिको अभाव समेत देखिएको छ । शर्माले भन्नुभयो नेपालको ट्यांकर ड्राइभर भारतबाट पेट्रोल भरेर आउँदा ज्वरो देखिएको थियो तर त्यसै छाडियो ।

बेलहियावासी समेत रहेका शर्माले भारत सरकारले धेरै कडाई गरेपनि नेपाल सरकारले सीमा नाकाहरुमा चेकजाँचमा कडाई गर्न नसकेको बताउनुभयो । दिल्ली काठमाण्डौ बस चलिरहेका छन् । खुल्ला सीमा छ धेरै रोक्नु पर्नेमा चासो कम छ उहाले भन्नुभयो ।

नेपालबाट भारत तर्फ जानेहरुलाई भारतले लाइन लगाएर एक एक चेक जाँच गर्दै गइरहेको छ । चेक जाँच गर्दा शरिरको तापक्रम र ज्वरो नापिएको छ । ६ जना स्वास्थ्य कर्मीहरु समेत चेक जाँचमा रहेको भारतका राम कृष्ण जैसवालले बताउनुभयो । उहाका अनुसार हालसम्म कोरोनाका लक्षण भएका भेटएका छैनन् । भारत सरकारले प्रचार प्रसार गरिरहेको छ ।

एउटा एम्बुलेन्स तयार अवस्थामा छ । उहाले भन्नुभयो ३ सिफ्टमा चेक जाँच हुन्छ । बिहान ८ बजे देखि २ बजे सम्म एउटा टोली २ बजेदेखि १० सम्म अर्को टोली, राती १० बजे देखि बिहान ८ बजे सम्म सिफ्ट अनुसार चेक जाँच हुने गरेको छ । जैसवालले कसैलाई कोरोना भएको लक्षण पाइएमा जिल्ला अस्पताल महाराजगंजमा लैजाने जानकारी दिनुभयो ।

युनिभर्सल मेडिकल कलेजका जन सम्पर्क अधिकारी शुसिल गुरुङले कोरोना भाइरसलाई मध्यनजर गर्दै प्रा. डा. रानो प्रीयानीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको बताउनुभयो । शंकास्पद लागेमा स्याम्पल निकालेर काठमाण्डौको राष्ट्रिय प्रयोगशालामा पठाइने उहाको भनाई छ । युसिएमएसले छुट्टै आइसोलेसन वार्डका लागि १५ शैयाको बेडको ब्यवस्था समेत गरेको गुरुङले बताउनुभयो ।

नेकपाका जिल्ला सदस्य तथा बेलहियाबासी धर्मराज गिरीले स्वत स्फुर्तरुपमा भारतबाट नेपाल आउने पर्यटकहरुको स्वास्थ्य अवस्थामा ख्याल गरिरहेको बताउनुहुन्छ । गिरीले किटाणु मार्नका लागि प्रयोग गरिने सेन्टीनाइजर आउने सबैको हातमा लागाईदिई प्रवेश गराएको बताउनुभयो । उहाले लाखौं खर्च गरि भारतको दिल्लीबाट खरिद गरि स्वास्थ्यलाई मध्यनजर गर्दै पर्यटकहरुलाई हातमा सेन्टीनाइजर छर्किदिने गरेको बताउनुभयो ।

१०४ फरेनहाइट भन्दा माथी ज्वरो आएमा कोरोनाको लक्षण हुने हुँदा आउनेहरुको ज्वरो मात्रै नाप्ने गरिएको छ । भारतबाट नेपाल आउने स्वास्थ्य सहायता कक्ष सिद्धार्थनगर नगरपालिकाको आयोजनामा सञ्चालन भएको छ ।

जसमा जिल्ला प्रशासन कार्यालय रुपन्देही, स्वास्थ्य कार्यालय रुपन्देही, भिम अस्पताल रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देही, शसस्त्र प्रहरी बल गण नम्बर २७ र ३८ युसिएमएस भैरहवा, गौतमबुद्ध बिमानस्थल, अध्यागमन कार्यालय बेलहियाको समन्वयमा स्वास्थ्य सहायता कक्ष राखिएको हो ।
आजको बुटवल टुडेमा शशी पन्थीले यो समाचार लेख्नभएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ०५ बजे

विश्वभर एक घण्टा अवरुद्धपछि युट्युब पुनः सञ्चालनमा

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,

महाशिवरात्रीमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका