४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना भाइरसबारे अफवाह फैलाउनेबारे प्रहरी थाल्यो अनुसन्धान



काठमाडौ । कोरोना भाइरसबारे फेसबुक मेसेञ्जरमार्फत अफवाह फैलाउनेबारे नेपाल प्रहरीले अनुसन्धान थालेको छ ।

आज बिहानभर कोरोना भाइरसबारे अडियो मेसेज भाइरल भएपछि त्यसबारे नेपाल प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । प्रहरी प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले कोरोनाबारे अफवाह फैलाउनेबारे अनुसन्धान अघि बढाएको जानकारी दिनुभयो ।

कोरोना भाइरसबारे ‘अफवाह सन्देश’ मा भनिएको नर्भिक अस्पतालले पनि विज्ञप्तिमार्फत स्पष्ट गरिसकेको छ । अफवाह फैलाउनेविरुद्ध नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीले यस्तो महामारीको बेलामा सबैलाई संयमित हुँदै अफवाह नफैलाउन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  २ : १८ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म