४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोनाको त्रासका कारण : पाँचतारे होटल याक एण्ड यति बन्द



काठमाडौ । कोरोनाका त्रासका कारण काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिले शनिबार सूचना टाँसेर अनिश्चितकालीन रुपमा होटल बन्द गर्न आह्वान गरेको छ ।

होटल व्यवस्थापनले आधिकारिक ट्रेड युनियनसँग छलफल समेत नगरी मजदुरलाई २५ प्रतिशत मात्रै सुविधा दिने र त्यसमध्ये पनि १२।५ प्रतिशत सरकारले व्यहोर्ने एकतर्फी सूचना टाँस गरेर होटल बन्द गरेको हो ।

शुक्रबार १३ वटा कोठामा ३५ जना गेष्ट रहेको होटेलले शनिबार बिहान ब्रेकफास्ट खुवाएर उनीहरुको बिदाई गर्दै होटल बन्दको एकतर्फी सूचना टाँस गरेको आधिकारिक ट्रेड युनियन, होटल याक एण्ड यतिका अध्यक्ष वेद रायले बताउनुभयो ।

छलफलबिनै १२।५ प्रतिशत तलब दिएर कर्मचारीलाई बिदा गर्नु गैरकानूनी भएको भन्दै श्रम ऐनको प्रावधानअनुसार कम्तीमा ५० प्रतिशत तलब सुविधा दिनुपर्ने माग उहाले गर्नुभयो ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  २ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको