२१ माघ २०८२, बुधबार | February 4, 2026

अफिन प्रदेश ५ को आकस्मिक बैठक



बुटवल । नीजि अस्पतालको साझा संगठन एशोसियसन अफ प्राईभेट हेल्थ ईन्च्युटिसन नेपाल (अफिन) प्रदेश नं. ५ को बुटवलमा आकस्मिक बैठक बसि विभिन्न निर्णयहरु गरेको छ ।

विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमण बिरुद्ध अफिनले संवेदनसिल भएर सरकारलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो । प्रदेशका अध्यक्ष राम प्रसाद खरेलले स्वस्थ्य सेवामा खटिएका चिकित्सक र स्वस्थ्यकर्मीहरु आफु सुरक्षित हुदै सेवा निरन्तर दिने निर्णय भएको बताउनुभयो ।

सबै अस्पतालबाट टेलिमेडिसील सेवा दिने, एक सय बेडको कोरोना अस्थाई अस्पतालमा आवश्यक थप सहयोग र सेवा दिने निर्णय गरेको उहाले बताउनुभयो । सबै अस्पतालहरुले ब्यवस्थित फिभर क्लिनिक संचालन गर्ने, कोरोनाको बारेमा सचेतना र जनचेतनाका कार्यक्रम समेत गर्ने उहाले बताउनुभयो ।

कोरोनाको बाहानामा बजारमा सुरक्षाको अति आवश्यक सामग्रीहरुको अभाव देखिएको अफिनका महासचिव मुक्ति पौडेलले बताउनुभयो । कोरोना संक्रमण सम्बन्धि अतिआवश्यक सामग्रीहरु सरकारबाट तत्काल उपलब्ध हुने वातावरण सृजना गर्न समेत आग्रह गरेको छ ।

अस्पतालको आआफना सामाजिक सन्जालबाट सचेतनाका कार्यक्रमहरु चलाउने समेत भएको छ । रुपन्देहीका १५ वटा अस्पतालका संचालकहरुको उपस्थिती रहेको कोषाध्यक्ष अर्जुन पौडेलले बताउनभयो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : १९ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु