४ पुस २०८२, शुक्रबार | December 20, 2025

अफिन प्रदेश ५ को आकस्मिक बैठक



बुटवल । नीजि अस्पतालको साझा संगठन एशोसियसन अफ प्राईभेट हेल्थ ईन्च्युटिसन नेपाल (अफिन) प्रदेश नं. ५ को बुटवलमा आकस्मिक बैठक बसि विभिन्न निर्णयहरु गरेको छ ।

विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमण बिरुद्ध अफिनले संवेदनसिल भएर सरकारलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो । प्रदेशका अध्यक्ष राम प्रसाद खरेलले स्वस्थ्य सेवामा खटिएका चिकित्सक र स्वस्थ्यकर्मीहरु आफु सुरक्षित हुदै सेवा निरन्तर दिने निर्णय भएको बताउनुभयो ।

सबै अस्पतालबाट टेलिमेडिसील सेवा दिने, एक सय बेडको कोरोना अस्थाई अस्पतालमा आवश्यक थप सहयोग र सेवा दिने निर्णय गरेको उहाले बताउनुभयो । सबै अस्पतालहरुले ब्यवस्थित फिभर क्लिनिक संचालन गर्ने, कोरोनाको बारेमा सचेतना र जनचेतनाका कार्यक्रम समेत गर्ने उहाले बताउनुभयो ।

कोरोनाको बाहानामा बजारमा सुरक्षाको अति आवश्यक सामग्रीहरुको अभाव देखिएको अफिनका महासचिव मुक्ति पौडेलले बताउनुभयो । कोरोना संक्रमण सम्बन्धि अतिआवश्यक सामग्रीहरु सरकारबाट तत्काल उपलब्ध हुने वातावरण सृजना गर्न समेत आग्रह गरेको छ ।

अस्पतालको आआफना सामाजिक सन्जालबाट सचेतनाका कार्यक्रमहरु चलाउने समेत भएको छ । रुपन्देहीका १५ वटा अस्पतालका संचालकहरुको उपस्थिती रहेको कोषाध्यक्ष अर्जुन पौडेलले बताउनभयो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको