४ पुस २०८२, शुक्रबार | December 20, 2025

दैनिक उपभोग्य बस्तुको बिक्रि बितरण प्रभावकारी बनाउन उद्योगी व्याबसायीलाई आग्रह



बुटवल । नेपाल उद्योग बाणिज्य महासंघ पाँच नम्बर प्रदेश समितिले दैनिक उपभोग्य बस्तुहरु खाद्यान्न, औषधी, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सामाग्रिको बिक्रि बितरणलाई प्रभावकारी बनाउन उद्योगी व्यबसायीलाई आग्रह गरेको छ ।

महासंघ प्रदेश समितिले आईतबार एक बिज्ञप्ती जारी गरि कोरोना भाईरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितीलाई सामान्य बनाउनकालागि सरकारलाई सहयोग र सहकार्य गर्ने दायित्व सबैको भएको स्मरण गराउँदै अत्यावश्यक बस्तु उपभोक्तालाई बिक्रि विरतण गरि सेवालाई प्रभावकारी बनाउन आग्रह गरेको हो ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश अध्यक्ष गुणनिधी तिवारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा बजारमा दैनिक उपभोग्य लगायतका बस्तुहरुको मौज्दात प्रयाप्त मात्रामा रहेकाले आवश्यकता भन्दा बढी सामाग्रि खरिद नगर्न पनि उपभोक्तालाई अपिल गरिएको छ ।

त्यस्तै बिज्ञप्तीमा उद्योग व्यबसाय सञ्चालन गर्ने उद्योगी व्यबसायीहरुलाई घरभाडामा सहुलियत प्रदान गर्नकालागि पनि घरधनीहरुलाई आग्रह गरिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सबैभन्दा बढी भार उद्योगी व्यबसायीलाई पर्ने औंल्याउँदै बिज्ञप्ती मार्फत बैंक तथा बित्तिय संस्थाले व्याज मिनाहा, किस्ताको लागि समय बढाउनुको साथै प्रदेश तथा स्थानीय सरकारले लिने बहाल कर, व्यबसाय कर तथा नविकरण शुल्कमा बिशेष सहुलियतको घोरणा गरि राहत प्रदान गर्न माग गरिएको छ ।

त्यस्तै मुल्य अभिबृद्धि कर, अन्तशुल्क, अग्रिम आयकर लगायतका कर तथा राजश्व बुझाउने समयसिमा जरिवाना नलाग्ने गरि बढाउनकालागि सरकारसंग माग गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको