२१ माघ २०८२, बुधबार | February 4, 2026

दैनिक उपभोग्य बस्तुको बिक्रि बितरण प्रभावकारी बनाउन उद्योगी व्याबसायीलाई आग्रह



बुटवल । नेपाल उद्योग बाणिज्य महासंघ पाँच नम्बर प्रदेश समितिले दैनिक उपभोग्य बस्तुहरु खाद्यान्न, औषधी, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सामाग्रिको बिक्रि बितरणलाई प्रभावकारी बनाउन उद्योगी व्यबसायीलाई आग्रह गरेको छ ।

महासंघ प्रदेश समितिले आईतबार एक बिज्ञप्ती जारी गरि कोरोना भाईरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितीलाई सामान्य बनाउनकालागि सरकारलाई सहयोग र सहकार्य गर्ने दायित्व सबैको भएको स्मरण गराउँदै अत्यावश्यक बस्तु उपभोक्तालाई बिक्रि विरतण गरि सेवालाई प्रभावकारी बनाउन आग्रह गरेको हो ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश अध्यक्ष गुणनिधी तिवारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा बजारमा दैनिक उपभोग्य लगायतका बस्तुहरुको मौज्दात प्रयाप्त मात्रामा रहेकाले आवश्यकता भन्दा बढी सामाग्रि खरिद नगर्न पनि उपभोक्तालाई अपिल गरिएको छ ।

त्यस्तै बिज्ञप्तीमा उद्योग व्यबसाय सञ्चालन गर्ने उद्योगी व्यबसायीहरुलाई घरभाडामा सहुलियत प्रदान गर्नकालागि पनि घरधनीहरुलाई आग्रह गरिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सबैभन्दा बढी भार उद्योगी व्यबसायीलाई पर्ने औंल्याउँदै बिज्ञप्ती मार्फत बैंक तथा बित्तिय संस्थाले व्याज मिनाहा, किस्ताको लागि समय बढाउनुको साथै प्रदेश तथा स्थानीय सरकारले लिने बहाल कर, व्यबसाय कर तथा नविकरण शुल्कमा बिशेष सहुलियतको घोरणा गरि राहत प्रदान गर्न माग गरिएको छ ।

त्यस्तै मुल्य अभिबृद्धि कर, अन्तशुल्क, अग्रिम आयकर लगायतका कर तथा राजश्व बुझाउने समयसिमा जरिवाना नलाग्ने गरि बढाउनकालागि सरकारसंग माग गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : १७ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु