२० मंसिर २०८२, शनिबार | December 6, 2025

राहदानीवाहक पर्यटक आगमन शून्य, स्वदेश फर्किने नेपाली दैनिक २० हजार



लुम्बिनी । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट राहदानीवाहक विदेशी भित्रिने क्रम शून्य भएको छ ।

पछिल्लो दुई दिनको तथ्याङ्कमा यस्तो देखिएको अध्यागमन कार्यालय बेलहिया प्रमुख गिरीराज खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशीहरुलाई प्रवेश दिइएको छैन । राहदानीवाहक भारतीय पनि दुई दिनयता आएका छैनन् ।”

विश्वव्यापीरूपमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै बेलहियाबाट आउने विदेशीको सङ्ख्या शून्य भएको हो । राहदानीवाहक पर्यटक नेपाल प्रवेश शून्य भएको छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार बुधबार, बिहीबार र शुक्रबार शून्य आगमन भएकामा शनिबार दुईजना मात्रै पर्यटक नेपाल भित्रिएका छन् । यसैगरी आठजना भारततर्फ गएका छन् । आज पर्यटकको आवागमन शून्य छ ।

सन् २०१८ मा उक्त नाकाबाट एक लाख ६६ हजार २३५ विदेशी नेपाल प्रवेश गरेका थिए भने सन् २०१९ मा उक्त नाकाबाट एक लाख ६१ हजार ६९१ नेपाल प्रवेश गरेका थिए ।

यता सोही नाका हुँदै स्वदेश फर्किने नेपालीको भने सङ्ख्या दिनदिनै बढ्दै गएको छ । रोजगारी तथा पढाइका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली यतिबेला स्वदेश फर्किरहेको दसगजाको सहायता कक्ष ‘हेल्थ डेस्क’मा बसेका स्थानीयवासी धर्मराज गिरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक हप्तादेखि म यहीँ डेस्कमा छु । दैनिक करीब २० हजारभन्दा बढी नेपाली स्वदेश फिर्ता भएको देखिएको छ ।”

दसगजामा सिद्धार्थनगरपालिकाको अगुवाइ, स्थानीयवासीको सहभागिता तथा सुरक्षाकर्मीको सहयोगमा नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य जाँच पनि भइरहेको छ । “शरीरको तापक्रम जाँच गरेर र स्यानिटाइजरले हात धुवाएर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ”, स्थानीय बासिन्दा रमेश थापाले भन्नुभयो ।

भारतमा भारत सरकारले जनता कफ्र्यू लगाएपछि र भारतीय विभिन्न शहरमा कोरोना सङ्क्रमित देखिएको समाचार बाहिरिएपछि अधिकांश भारतीय पनि नेपाल आइरहेको बताइएको छ ।

भारतको गोरखपुर, बनारस, लखनऊ, दिल्ली, पञ्जाब, बम्बई, बैङ्गलोर, चेन्नईलगायत क्षेत्रबाट बेलहिया नाका हुँदै स्वदेश फर्किनेहरु नेपाल प्रवेश गरेका हुन् । सरकारले नेपाल–भारत बस सेवा बन्द गरेको भए पनि र भारतमा सार्वजनिक यातयात बन्द भए पनि निजी सवारीसाधन बुक गरेर आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
–––

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ३१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले