३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

राहदानीवाहक पर्यटक आगमन शून्य, स्वदेश फर्किने नेपाली दैनिक २० हजार



लुम्बिनी । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट राहदानीवाहक विदेशी भित्रिने क्रम शून्य भएको छ ।

पछिल्लो दुई दिनको तथ्याङ्कमा यस्तो देखिएको अध्यागमन कार्यालय बेलहिया प्रमुख गिरीराज खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशीहरुलाई प्रवेश दिइएको छैन । राहदानीवाहक भारतीय पनि दुई दिनयता आएका छैनन् ।”

विश्वव्यापीरूपमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै बेलहियाबाट आउने विदेशीको सङ्ख्या शून्य भएको हो । राहदानीवाहक पर्यटक नेपाल प्रवेश शून्य भएको छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार बुधबार, बिहीबार र शुक्रबार शून्य आगमन भएकामा शनिबार दुईजना मात्रै पर्यटक नेपाल भित्रिएका छन् । यसैगरी आठजना भारततर्फ गएका छन् । आज पर्यटकको आवागमन शून्य छ ।

सन् २०१८ मा उक्त नाकाबाट एक लाख ६६ हजार २३५ विदेशी नेपाल प्रवेश गरेका थिए भने सन् २०१९ मा उक्त नाकाबाट एक लाख ६१ हजार ६९१ नेपाल प्रवेश गरेका थिए ।

यता सोही नाका हुँदै स्वदेश फर्किने नेपालीको भने सङ्ख्या दिनदिनै बढ्दै गएको छ । रोजगारी तथा पढाइका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली यतिबेला स्वदेश फर्किरहेको दसगजाको सहायता कक्ष ‘हेल्थ डेस्क’मा बसेका स्थानीयवासी धर्मराज गिरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक हप्तादेखि म यहीँ डेस्कमा छु । दैनिक करीब २० हजारभन्दा बढी नेपाली स्वदेश फिर्ता भएको देखिएको छ ।”

दसगजामा सिद्धार्थनगरपालिकाको अगुवाइ, स्थानीयवासीको सहभागिता तथा सुरक्षाकर्मीको सहयोगमा नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य जाँच पनि भइरहेको छ । “शरीरको तापक्रम जाँच गरेर र स्यानिटाइजरले हात धुवाएर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ”, स्थानीय बासिन्दा रमेश थापाले भन्नुभयो ।

भारतमा भारत सरकारले जनता कफ्र्यू लगाएपछि र भारतीय विभिन्न शहरमा कोरोना सङ्क्रमित देखिएको समाचार बाहिरिएपछि अधिकांश भारतीय पनि नेपाल आइरहेको बताइएको छ ।

भारतको गोरखपुर, बनारस, लखनऊ, दिल्ली, पञ्जाब, बम्बई, बैङ्गलोर, चेन्नईलगायत क्षेत्रबाट बेलहिया नाका हुँदै स्वदेश फर्किनेहरु नेपाल प्रवेश गरेका हुन् । सरकारले नेपाल–भारत बस सेवा बन्द गरेको भए पनि र भारतमा सार्वजनिक यातयात बन्द भए पनि निजी सवारीसाधन बुक गरेर आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
–––

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ३१ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको