१० भदौ २०८३, बुधबार | August 26, 2026

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद



बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ । डि-रेन डान्स स्टुडियोको आयोजनामा नेशन डान्स स्टुडियो रिभोलुसन डान्स प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगिताको अडिसन आगामी असार ६ गते बुटवलस्थित होटल एभरेष्ट इनमा हुने आयोजकले जनाएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा नेशन डान्स स्टुडियोका सञ्चालक साजन गुरुङले विद्यालयस्तरका प्रतिभावान विद्यार्थीलाई उचित मञ्च प्रदान गर्ने तथा नेपाली मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

उनले आफूले विभिन्न नृत्य प्रतियोगितामा सहभागिता जनाउँदाको अनुभवका आधारमा प्रतिभालाई क्षमता अनुसार सम्मान र अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। प्रतियोगितामा ‘नो भोट’, ‘नो एसएमएस’ तथा ‘फ्री टिकट’को व्यवस्था रहने उनको भनाइ छ ।

१५ वर्षमुनिका विद्यालयस्तरका विद्यार्थी सहभागी हुन सक्ने प्रतियोगितामा नेपाली सांस्कृतिक, क्लासिकल तथा हिपहप विधाका नेपाली गीतहरूमा प्रस्तुति दिन सकिनेछ । प्रतियोगितामा करिब ५०० विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको चिया बगानका गौरव क्षेत्रीले जानकारी दिए ।

प्रतियोगितामार्फत बाल तथा किशोर प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नृत्य क्षेत्रको विकासमा टेवा पुर्‍याउने लक्ष्य राखिएको आयोजकको भनाइ छ । प्रतियोगिताका लागि आवेदन फाराम शुल्क २०० रुपैयाँ तोकिएको छ ।

प्रतियोगितामा प्रारम्भिक छनोटपछि मेगा राउण्ड, वर्कसप, नलेज टेस्ट, डान्स कोरियोग्राफी लगायतका विभिन्न चरण पार गर्दै प्रतियोगीहरू क्वालिफायर राउण्डमा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनलमा ‘च्यालेन्ज राउण्ड’ सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुने प्रतियोगीले ५५ हजार ५५५ रुपैयाँ, द्वितीयले ३३ हजार ३३३ रुपैयाँ तथा तृतीयले ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  १० : १५ बजे

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट

भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन