४ पुस २०८२, शुक्रबार | December 20, 2025

पसल बन्द गरि घर बसौं : सुनचादी व्यवसायी



बुटवल । बुटवल सुनचादी व्यावसायी संघले कोरोनाको बढ्दो कहरबाट बच्न आफ्ना सदस्य व्यवसायीहरुलाई आग्रह गरेको छ ।

संघले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारले कोरोना संक्रमणबाट बच्न अगाडी सारेको कदमको पालना गर्दै व्यबसाय बन्द गरेर सुरक्षित रहन व्यबसायीलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष दिपक कुमार विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सुनचादी व्यवसायी महासंघको चैत्र ९ गतेको निर्णय अनुसार नेपाल सरकारको नीति अनुरुप एैक्यबद्धता जनाउदै व्यबसायिक प्रतिष्ठानहरु बन्द गरि सुरक्षित हन व्यबसायीलाई आग्रह गरिएको छ ।

संघले सरकारलाई सहयोग गर्ने दायित्व सबैको भएको बताउँदै यो भाईरसबाट आफू पनि बँच्न र अरुलाई पनि बचाउनकालागि सेचत रहेन आग्रह विज्ञप्तीमार्फत गरिएको हो ।

पसल बन्द गर्दै छिमेकी मुलुक चीनबाट फैलिएर विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमण हुन नदिन र त्यसबाट बँच्न भनिएको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ५ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको