१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अत्यावश्यक बाहेकका सेवा बन्द गर्न व्यबसायिक संस्थाहरुको अपिल



 

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ र रुपन्देही व्यापार संघले संयुक्त अपिल जारी गरी अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न आग्रह गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाल समेत उच्च जोखिममा रहेकाले प्रधानमन्त्री केपी शर्मा वलीले सम्बोधन गरेअनुसार सार्वजनिक नीजि सेवा प्रदायक संस्थाहरुले नेपाल राजपत्रमा प्रकाशित भएका अत्यावश्यक बाहेकका सेवा आजैदेखि यहि चैत २१ गतेसम्मकालागि बन्द गर्न उद्योगी व्यबसायीलाई आग्रह गरेको हो ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा र रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीद्वारा हस्ताक्षरित संयुक्त अपिलमा ‘बाचौं र बचाऔं’को अभियान सहित आ–आफ्नो क्षेत्रमा खाद्यान्न, औषधी तथा स्वास्थ्य सेवालाई निरन्तरता दिन र अन्य व्यबसाय बन्द गर्न अपिल गर्दछौं, भनिएको छ ।

त्यस्तै अत्यावश्यकीय बस्तुको बिक्रि वितरण गर्दा उपभोक्तासंग निश्चित दुरी कायम गरि बिक्रि बितरण गर्न र स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न समेत आग्रह गरिएको छ । त्यसैगरी अत्यावश्यक खाद्यान्न, औषधी मास्क, सेनीटाईजर लगायतका सामाग्रिहरु बिक्रि बितरणलाई प्रभावकारी रुपमा आम उपभोक्तालाई सेवा प्रदान गर्न समेत अपिल गरिएको छ ।

अत्यावश्यक सामाग्रिको अनुचित भण्डारण नगर्न तथा उपभोक्ताले समेत आवश्यकता भन्दा बढी सामानको खरिद नगर्न आग्रह गर्दै अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने तथा स्वासप्रस्वासमा समस्या आएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अपिल गरिएको छ ।

हार्डवयर व्याबसायिक प्रतिष्ठान बन्द गर्न संघको आग्रह

साथै रुपन्देही सिद्धार्थ निर्माण सामाग्री व्यबसायी संघले व्यबसाय बन्द गरेर सुरक्षित रहन व्यबसायीलाई आग्रह गरेको छ ।
संघले सोमबार एक विज्ञप्ती प्रकाशित गरि विषम परिस्थितीमा सरकारलाई सहयोग गर्ने दायित्व सबैको भएको बताउँदै यो भाईरसबाट आफू पनि बँच्न र अरुलाई पनि बचाउनकालागि सेचत रहेन आग्रह गरेको हो ।

संघका अध्यक्ष सुनिल मरासिनीले जारी गरेको विज्ञप्तीमा मंगलबारदेखि परिस्थिती सहज नहुँदा सम्मकालागि व्यबसायिक प्रतिस्ठान (हार्डवयर पसल) बन्द गरि सहयोग गर्नकालागि आग्रह गरिएको हो । त्यस्तैगरी निर्माण सम्बन्धि काम गर्ने निर्माण व्यबसायीहरुलाई समेत उक्त कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ०२ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को